रोजगारीको शिलशिलामा विदेशबाट नेपाल आउने विदेशी श्रमिकहरुको संख्या ठुलो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आर्थिक वर्ष २०६९।७० देखि आर्थिक बर्ष २०७७।७८ सम्मको तथ्यांकअनुसार कुल १८ हजार २११ ले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । विभागको तथ्यांक अनुसार श्रम स्वीकृति लिनेमा महिला भन्दा पुरुषको संख्या बढि रहेको छ जसमा महिला २ हजार रहेका छन भने पुरुष १५ हजार भन्दा माथी रहेका छन् ।
उच्च शिक्षाको लागी होस् वा रोजगारीको खोजीमा ठुलो संख्यामा नेपाली जनशक्ती बाहिरिने गर्छन् तर , नेपालमा रोजगारीको अवसर नदेख्ने जनशक्तीको लागि बिदेश बाट नेपाल आउनेको तथ्यांकले नेपालमै पनि रोजगारको अवसर रहेको देखाएको छ ।
विदेशबाट नेपाल आउनेमा सबैभन्दा बढि दक्ष इन्जिनियरहरु रहेको कर्मचारीले बताए। हाइड्रो, ड्याम, सडक, पुल, सिमेन्ट फ्याक्ट्रि, टनेल आदी प्रोजेक्टमा आबद्ध प्राविधिकहरु सबैभन्दा बढि नेपाल आएका छन् ।
नेपाल आउने श्रमिकमध्ये चिनियाँ प्राविधिक , बेलायती र अमेरिकी प्राविधिक एवम् भारतिय प्रविधिक रहेका छन् । विदेशबाट नेपाल आउने प्राविधिको तलब सम्बन्धित कम्पनिले नै तोक्ने गर्दछ । विदेशबाट आउने दक्ष श्रमिकलाई श्रम विभागले पेशागत तथा व्यबसयजन्य उदेश्यको आधारमा तथ्यांक राख्ने गर्छ । जसमा विभागको मापदण्ड अनुसार स्वीकृति पाउनेमा, शिक्षक, दक्ष प्राविधिक, व्यापार, कृषि लगायत क्षेत्रको लागि विदेशी श्रमिक पर्दछन् ।
विभागमा कार्यरत कर्मचारीका अनुसार अब आउने दिनमा पेशा र क्षेत्रअनुसार दक्ष र अन्य विदेशी श्रमिकह?को तथ्यांक विभाजन गरेर राखिनेछ । विभिन्न प्रयोजनको लागी थुप्रै व्यक्तिहरुले तथ्यांक खोजेपनि प्राविधिक , शिक्षक अन्य पेशा तथा क्षेत्रअनुसार भिन्दाभिन्दै तथ्यांक कसैले खोजेको छैन त्यसैले अब आउने दिनमा विदेशी श्रमिकहरुको तथ्यांक छुट्याएर राखिने कर्मचारिले बताएका छन् ।
नेपालमा विदेशिलाइ काममा लगाउनसक्ने व्यबस्था श्रम ऐन २०४८ ले गरेको थियो । रोजगारदाताले आफुलाई चाहिएको विदेशी कर्मचारिलाई नियुक्ती गर्नु अगाडी पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्दछ । प्राविधिक वा विज्ञको रुपमा काममा आउने विदेशी नागरिकको विज्ञापन भने प्रकाशन गर्नु पर्दैन । दक्ष विदेशी कर्मचारीलाई ५ वर्षसम्मको स्वीकृती दिइन्छ भने अन्य कर्मचारीलाई ३ वर्षसम्मको मात्र श्रम स्वीकृती दिइन्छ ।