काठमाडौं। अर्थमन्त्री डा.प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्माको नेतृत्व नवनिर्वाचित कार्यसमितिले छुट्टाछुट्टै भेट गरेको छ ।
शर्माको नेतृत्वमा अर्थमन्त्रीसँगको भेट एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगाउनुपर्ने, वैधानिक तरिकाले रेमिटेन्स पठाउनेलाई २ प्रतिशत प्रोत्साहन रकम दिनुपर्ने र रेमिट्यान्सको रकम उत्पादन मूलक क्षेत्रमा लगाउन सामूहिक लगानी प्राधिकरण बनाउनुपर्ने माग राखेको थियो ।
एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री महतले नेपालको आर्थिक विकासको लागि एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने र रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लग्नका लागि आफूले आवश्यक नीति लिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, साना मझौला स्टार्टअप कम्पनी प्रोत्साहन गर्नुपर्ने सस्तो ब्याजदर ऋण दिने तथा विदेशमा रहेका नेपालीलाई टेलिमेडिसिन स्थापना गराउन माग राखेको थियो ।
नेपालीहरूको हितको कुरा विषयमा आवश्यक पर्ने बजेट विनियोजन गर्न शर्माले अर्थमन्त्री महतको ध्यानाकर्षण गराए।
यस्तै, आइतबार नै एनआरएनएका अध्यक्ष शर्माको टोलीले परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि भेटघाट अन्तरक्रिया गरेको छ । परराष्ट्रमन्त्री साउदले शर्मा नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित कार्यसमितिले राज्यको लागि राम्रो काम थालनी गर्ने लगानी पुँजी, भित्र्याउने विदेशमा रहेका नेपालीहरूको लागि बृहत्तर हितका लागि काम गर्ने सशक्त रूपमा अघि पुर्याउन सकोस् भन्नेमा आफू विश्वस्त रहेको बताए।
भेटमा परराष्ट्रमन्त्री साउदले शर्माको नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आफूहरु सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए।
परराष्ट्रमन्त्रीसँगको भेटमा शर्मा नेतृत्वको टोलीले नेपालीको पासपोर्ट रिन्यू,श्रम स्वीकृति सहजीकरण तथा नेपालमा विद्यार्थी भिसामा विदेशीलाई ल्याउनुपर्ने नीति सहजीकरणका लागि आग्रह गरेको छ ।