काठमाडाैं। जाजरकोट केन्द्र बिन्दु भइ गएको भुकम्पका गम्भीर घाईतेको उपचारका लागि बांके प्रशासनबाट बिहान ३.२१ बजेबाटै तयारी थालिएको छ ।
- भेरी अस्पताल नेपालगन्ज लाई उपचारको लागि dedicated अस्पताल बनाईएको छ ।
- व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि Focal person नरेश श्रेष्ठ 9851143666 लाई तोकिएको छ ।
- कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ र अन्य निजि अस्पतालहरुलाई पनि तयारी रहन भनिएको छ ।
- भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ ।
- पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र लजिस्टिक को प्रबन्ध मिलाईएको छ ।
- हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मिको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।
- ब्लडको मौज्दात रहेको छ, अपुग भएमा फ्रेस ब्लड आपुर्तिको लागि रक्तदाता सुरक्षाकर्मिको ब्यवस्था मिलाईएको छ ।
नोट : बांके जिल्ला भने पुर्णतया सुरक्षित रहेको छ । - श्रवण कुमार पोखरेल , प्रजिअ बांके