काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाजरकोट भूकम्पपीडितका लागि आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। मन्त्रालयले भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ जम्मा गरेको हो ।
बुधवार मन्त्री किराँतीले मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा हस्तान्तरण गरे।
मन्त्रालय अन्तर्गत नागरिक उड्डयन प्राधिकरणले एक करोड, नेपाल वायुसेवा निगमले २५ लाख, पर्यटन बोर्डले ५० लाख, पशुपति क्षेत्र विकास कोषले २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घले ३१ लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टरले ११ लाख ११ हजार एक सय ११, कैलाश हेलिकप्टरले १० लाख रकम भूकम्पपीडितका लागि जम्मा गरेका छन्।
त्यसैगरी क्यासिनो मोजाङले पाँच लाख, क्यासिनो मोजाङ नेपालगन्जले पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौंले ५ लाख, क्यासिनो बेलिज काठमाडौंले ५ लाख, क्यासिनो प्राइड काठमाडौंले ५ लाख, क्यासिनो प्यालेस काठमाडौंले ५ लाख, क्यासिनो प्यालेस झापाले ५ लाख पर्यटन मन्त्रालयमा जम्मा गरे। यी सम्पूर्ण क्षेत्रबाट जम्मा भएको ४ करोड बढी रहक मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन्।