नेपालगन्ज। बाँकेमा भूकम्प विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। केही समय यता पश्चिम नेपालमा पटक पटक भूकम्प जाने गरेको र यो क्षेत्र थप भूकम्पको उच्च जोखिममा रहेकाले बाँकेमा भूकम्प विरुद्ध सचेतना कार्यक्रम चलाइएको हो।
क्रममा नेपालगन्ज उपमहानगरपालिकाका पुराना बजार र क्षेत्र भूकम्पको सबैभन्दा बढी जोखिममा रहेकाले ती स्थानलगायत उपमहानगरका २३ वटै वडामा भूकम्पविरुद्ध सचेतना फैलाउने अभियान सुरु गरिएको उपमहानगरले जनाएको छ।
पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने प्रक्षेपणपछि नेपालगन्जमा पूर्वतयारी स्वरूप सचेतनासँगै विभिन्न कामर भइरहेको नपालगन्ज उपमहानगरकाले जनाएको छ।
जोखिमयुक्त ठाउँहरूको नक्सांकन गरेर सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले सचेतनालगायत अन्य विभिन्न काम गरिरहेको छ ।
नेपालगन्जका विभिन्न वडामा भूकम्पबाट जोगिने तरिकाबारे जानकारी दिन अभिमुखीकरण र सचेतीकरण कार्यक्रमहरु निरन्तर चलिरहेको जनाइएको छ ।
नेपालगन्जको वडा नम्बर ३, ४, ५, ६, ७, ८, ११ अझ बढी जोखिममा रहेकाले ती वडामा केन्द्रित गरेर अभियान चलाइएको जिल्ला आपतकालीन सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
विभिन्न वडामा वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा सर्वसाधारणसँग छलफल एवं अभिमुखीकरण गर्ने कार्य चलिरहेको जनाउँदै सबै वडामा जोखिम नक्सांकन तयार गरिने बताइएको छ।