काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले भारतमा उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ।
मुसाफिर मिडिया हवले भारतमा उडान भर्ने एयरलाइन्समध्येबाट सन् २०२३ का लागि एनएसीलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान प्रदान गरेको हो।
बिहीबार दिल्लीमा एक कार्यक्रमबीच सम्मानपत्र प्रदान गरिएको थियो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्मानले अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको बताए।
निगमले हाल अन्तर्राष्ट्रियतर्फ ४ वटा जहाजमार्फत दिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ लगायत १० गन्तव्यमा उडान गर्दै आएको छ।
आन्तरिकतर्फ भने निगमसँग २ वटा मात्र ट्विनअटर जहाज छन्। उसले ती जहाजमार्फत ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थामखर्क, खानिडाँडा लगायत १५ गन्तव्यमा उडान गर्दै आएको छ।