पोखरा। पोखरा महानगरपालिका–९ र १० जोड्ने सेती नदीमाथि निर्माण हुने अत्याधुनिक डिजाइनका दुईवटा पक्की पुलको शिलन्यास गरिएको छ । पोखराको सेती नदीमाथि टावरसहितको दुईवटा पक्की पुल निर्माण गर्ने कामको अनौपचारिक रूपमा उक्त पुलको शनिबार संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शिलान्यास गरे ।
पोखराको पृथ्वीराजमार्ग अन्र्तगत पर्ने पृथ्वीचोक क्षेत्र (चाइना पुल) नजिक सेती नदीमाथि निर्माण हुने उक्त पुलको केही समय अघिदेखि अनौपचारिक रूपमा निर्माणकार्य सुरु भए पनि यसको औपचारिक रूपमा शिलान्यास गरिएको हो । रसुवा कन्स्ट्रक्सन कम्पनीले एक अर्ब सात करोड २४ लाख रुपैयाँ (भ्याटसहित) निर्माण गर्न लागेको हो । उक्त पुल निर्माण २०८२ भदौ २१ गतेभित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा लिएको हो ।
यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०।१९० मिटरका दुईवटा पुल निर्माण हुने भएको कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाले बताए । उनका अनुसार हाल निर्माण हुने उक्त पुलको बीचको स्पाम १४० मिटर, फुटपाथको क्षेत्र २५र२५ मिटरको स्पाम क्षेत्रफल राख्ने भएको कम्पनीका प्रतिनिधि देवकोटाले बताए । हाल सञ्चालनमा रहेको चाइना पुलको उत्तर र दक्षिण साइटमा दुईवटा पुल चाइना पुलकै लेबलमा निर्माण हुने भएको हो ।
गाडी गुड्ने भाग साढे सात मिटर फुटपाथको रूपमा भने दुवै पुलको ३र३ मिटरको क्षेत्र रहने भएको कम्पनीका प्रतिनिधि देवकोटाले उल्लेख गरे । साढे १० मिटरको पक्कि पुल निर्माण हुने भए पनि केही भाग टावरसहित गर्दा १३ मिटरको पुल निर्माण हुने देवकोटाले बताए । सेतीको भाग जोखिम होला भनेर आफूहरूले भने १४० मिटर लामो क्षेत्रमा जग राखेर उक्त पुल निर्माण गर्ने उनले जनाए ।
यसैबीच, उक्त पुलको शिलान्यास समारोहमा बोल्दै मन्त्री ज्वालाले पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उनले पोखरालाई पर्यटनको राजधानीको रूपमा घोषणा गर्न आवश्यक पहल गने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको मन्त्री ज्वालाको भनाइ थियो ।
पोखरा सबै हिसाबले पर्यटन राजधानी घोषणाका लागि योग्य रहेको उनले दाबी गरे । निर्धारित समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै मन्त्री ज्वालाले निर्माण कार्य समयमै सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पूरै सहयोग रहने विश्वास दिलाए । उक्त पुल निर्माण भएसँंगै पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनले दाबी गरे । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले जनाए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुल निर्माणका क्रममा आउनसक्ने सबै खाले स्थानीय अवरोध समाधान गर्ने वचन दिएका छन् । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने उनले दाबी गरे । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्यता बढाउने मेयर आचार्यले विश्वास व्यक्त गरे । कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सांसद विन्दुकुमार थापालगायतको सहभागिता रहेको थियो । कारोबार दैनिकबाट