काठमाडौं। १४ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालो सूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले पठाएको सिफारिसको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।
ती कम्पनीहरु ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परेका छन् । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
मुख्य व्यक्ति सरोज कुमार शाह रहेको आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा तीन वर्षसम्मका लागि कालोसूचीमा परेको छ ।
त्रिवेणी निर्माण सेवा पोखरा र गंगोत्री देवी निर्माण सेवा नेपालगञ्ज दुई वर्षका लागि कालोसूचीमा परेका छन्।
यसैगरी बाबरी निर्माण सेवा इलाम, कमल कन्स्ट्रक्सन फिदिम, अनामिका कन्स्ट्रक्सन, भावेश कन्स्ट्रक्सन प्रालि, उर्जा इन्फ्रा एण्ड कन्स्ट्रक्सन प्रालि टेकु, कुशव निर्माण सेवा प्रालि नया बानेश्वर, मष्ट बराहा इन्फास्टक्चर प्रालि नयाँ बानेश्वर र प्रान्जर निर्माण सेवा चन्दननाथ साढे एक वर्षका लागि कालोसूचीमा परेका छन्।
रोहित निर्माण सेवा बेल्बा, पारस निर्माण सेवा बझाङ र रुमानि निर्माण सेवा विरेन्द्रनगर एक एक वर्षका लागि कालोसूचीमा परेका छन्।