बबई गाउँपालीका र नेपाल विधुत् प्राधिकरणको सयुक्त साझेदारीमा बबई गाउँपालीकाको दुर्गम क्षेत्रका रुपमा रहेको गङ्टेमा विधुत् सेवा पुग्ने भएको छ।
विधुतीकरणका लागी बगरपुरदेखी गङ्टेसम्म ट्रान्समिटर जडान,विधुतको पोल ठडाउने र तार तान्ने जस्ता कामहरु सम्पन्न भइसकेको छ।
सोही क्षेत्रमा गाडीँएका केही पुलहरु वर्षा र बाढीका कारण भाचीँएको हुनाले हाल ती स्थानमा नयाँ पोल गाड्ने र लाइन छाडिने भएको नेपाल विधुत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुखले जानकारी दिनुभयो।
उहाँका अनुसार त्यस क्षेत्रमा अहिले सडक अवरुद्ध भएको र सडक खुल्नासाथ भाचीँएका पोलहरु गाँड्ने र तार तान्ने काम गरेर लाइन छाडीने छ। कुनै कुनै स्थानमा रुखहरु भएकाले तारमा छुने समस्याले गर्दा त्यस्ता समस्यालाई समाधान गर्न गाउँपालीकाले प्रक्रिया अगााडी बढाएको उहाँले बताउनु भयो।
असोज महिना भित्रमा विधुत् संचालन गर्ने गरी विधुत विस्तारको काम अघि बढाइएको गाउँपालीकाका अध्यक्षले बताउनु भयो। उहाँले भन्नुभयो उक्त गाउँपालीकाको दांग खोलादेखी गङ्टेसम्म २३ किलोमिटर क्षेत्रमा विधुत् लाइन जडान गर्न थालीएको छ।
विधुत् महसुल दाङको बबई शान्तिनगर गाउँपालीका र सल्यानको कालीमाटी गाउँपालीकाका सेवाग्राहीले हापुरमा रहेको काउन्टरमा बुझाउदै आएका थिए। दुइ वर्षसम्म उक्त काउन्टरमा विधुत् महसुल बुझाउदै आएको भएतापनि हाल सो ठाउँ बन्द भएको छ।
तुलसीपुर क्षेत्रबाट संचालनमा ल्याइएको सर्भरमा समस्या आएको कारणले गर्दा विगतमा सेवा दिन समस्या भएकोले नयाँ सर्भर र इन्टरनेट जडान लगतै सेवा दिने तयारी भएको विधुत् प्राधिकरण शाखाका कार्यालय प्रमुखले जानकारी दिनुभयो।
नेपाल विधुत् प्राधिकरणका तुलसीपुर वितरण केन्द्रका प्रमुखका अनुसार इन्टरनेटका कारणले गर्दा समस्या भएको हो की चेक गरेर मात्र नयाँ सर्भर जडान गर्नेछौँ। विधुत् महसुल भुक्तानी ई–सेवाबाटै गर्ने गरेका छौं, तर प्रविधिसँग नजीक नभएका ग्राहकहरु भने अझै पनि रकम बुझाउन तुलसीपुरमै जानुपर्ने बबई गाउँपालीकाका स्थानीयले बताए।