भोजपुर। जीवन्त सम्पदालाई पहिचान गरी त्यसको विकास गर्दै देशको संस्कृति, संस्कार, विभिन्न मान्यता रहनसहन आदिलाई भाविपुस्तासम्म पुर्याउने हेतुले सचेतनामुलक कार्यक्रम गरिएको छ। अमुर्त सांस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले परम्परागत शिल्पकारिता, भाषा, प्रस्तुति, सामाजिक अभ्यास साथै युनेस्कोले पाँच बृहत अमुर्त विधाको प्रस्ताव तयार गरी यसको संरक्षण विकासमा लागेको छ। अभौतिक सम्पदा राज्यको सम्पती भएको कारण यसको महत्व बुझि हामि सवैले यसलाई संरक्षण गर्नु जरुरी रहेको छ।
दिङला ऐतिहासिक स्थल भएको कारणले गर्दा युनेस्कोले यस स्थानको ऐतिहासिक महत्वको विषयमा खोजि गर्न सक्छ। यो स्थान ऐतिहासिक र धार्मिक स्थल भएको कारणले यस स्थानको अनुसन्धान गर्नको लागि युनेस्कोको पहलमा विज्ञ समुललाई ल्याउने योजना रहेको छ। समुदायस्तरमा सचेतनामुलक कार्यक्रम गर्नुको उद्देश्य त्याहाँको धर्म, आस्था,संस्कार, संस्कृति,भाषा, जातजाती अनुसारको रीतिरिवाज आदि कुराहरुको खोजि गरी त्यसको संरक्षण र विकास गर्नु थियो।
युनेस्कोले अभौतिक संम्पदाको विषयमा जानकारी दिनको लागि समुदायमा ३ दिने क्षमता अभिबृद्धि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमका एक सहभागिले भोजपुरमा साँस्कृतिक विविधता रहेको र त्याहाँको आस्था र मान्यताहरु लोप हुँदै गएको अवस्थामा त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुराको विषयमा कार्यक्रमबाट जानकारी पाएको बताएका थिए। यस्ता सम्पदाहरुलाई भाविपुस्तासम्म हुने गरी योजनाबद्ध रुपमा स्थानिय सरकारले काम गर्न आवश्यक रहेको छ।
युनेस्कोले पछिल्लो समयमा नयाँ संस्कृतिको आगमनसँगै अभौतिक साँस्कृतिक संम्पदाहरु लोप हुँदै गएको हुनाले यसलाई कसरी संरक्षण गर्ने र यसको जगेर्ना गर्ने भन्ने विषयमा समुदाय स्तरमा नै जनचेतना फैलाउन आवश्यक रहेको कुरा ब्यक्त गरेको छ। हाम्रो देशमा अनगिन्ति मात्रामा अभौतिक सम्पदाहरु रहेका छन कतिपय लोप हुन लागेका सम्पदाहरुलाई जगेर्ना गरी यसको विकास गरी यस्ता सम्पदालाई पर्यटनसंग जोडेर यहाँका स्थानीय तहहरुले राम्रो आर्थिक उपार्जन पनि गर्न सक्छन।