काठमाडौं। कोइलाको संकटको असर नेपालमा पनि देखिन सुरु गरेको छ। कोइला र प्राकृतिक ग्यास अभावसँगै अहिले विश्वव्यापी रुपमै देखिएको ऊर्जा संकट नेपालमा पनि देखिन सुरु गरेको हो।
नेपाल आयातीत ऊर्जामा निर्भर रहनुपर्ने कारणले कोइला लगायतका निर्माण सामाग्री उद्योगमा प्रयोग हुने कच्चा पदार्थका कारण उत्पादनमा समस्या देखिन सुरु गरेको छ। व्यवसायीहरुका अनुसार बिशेषगरी नेपालमा निर्माणसँग सम्बन्धीत सामाग्रीहरु सिमेन्ट र फलामे छडको उत्पादनमा यसको ठूलो असर देखिन सुरु गरेको छ। कोरोना महामारीको संकटबाट बाहिर निस्कन लागेका बेलामा निर्माण सामाग्रीको मूल्य पनि वृद्धि हुने देखिएको हो।
नेपाल सिमेन्ट उत्पादन संघकाका अनुसार महामारीका कारण निर्माण सुस्त भइरहेका बेलामा पुनः कोइला लगायतका निर्माणसँग सम्बन्धीत कच्चा पदार्थको मूल्य वृद्धिले समास्या पर्न थालेको छ।
प्रति टन २०८ डलरसम्म पुगेको कोइलाको मूल्यका कारण अब निर्माण सामाग्री महँगीने समेत संघले जानकारी दिएको छ। नेपालमा बढेको मूल्यको कोइला सबै उद्योगले चलाएका छैनन्। पहिलाको स्टक कोइला चलाइरहेकाले निर्माण सामाग्रीको मूल्य स्थिर रहेको हो अब महगो कच्चा पदार्थ प्रयोग गर्न थालेपछि सिमेन्ट लगायतका निर्माण सामाग्रीको मूल्य वृद्धि हुन्छ।
अर्घाखाँची सिमेन्टका महाप्रवन्धक उद्धब कार्की पनि सिमेन्ट लगायत निर्माण सामाग्रीको मूल्य बढ्ने संकेत गरेको बताउछन्। अर्घाखाँची सिमेन्ट उद्योगमा हामीले बढेको मूल्यकै कच्चा पदार्थ प्रयोग गर्न सुरु गरेका छौं यसले सिमेन्टको प्रति बोरा एक सय रुपैयाँसम्म लागत बढाएको छ।
नेपालमा अन्य केहि सिमेन्ट उद्योगले बढेको मूल्यमा धेरै कच्चा पदार्थ किनेकाले उनीहरुलाई झन समस्या पर्ने उनले बताए। हामीले बढेको मुल्यमा कम कोइला किनेका छौं तर, धेरै उद्योगले बढेको मूल्यमा धेरै कोइला किनेकाले उनीहरुको उत्पादन लागत झन बढी पर्ने भएकाले बजारमा पठाउने सामानको मूल्य पनि वृद्धि हुन गएको उनको भनाइ छ।
अहिले पुन कोरोना भाइरसको नयाँ भेरियन्टको हल्लाले विश्वभरीको अर्थतन्त्रमा थप ब्रेक लाग्ने सम्भावना देखिएकाले अब फेरि निर्माण क्षेत्रको कच्चा पदार्थ लगायतको मूल्यमा गिरावट आउने सम्भावन बढेको उनले जानकारी दिए। उनले भने, ‘कोरोना भाइरसका कारण अधिकांश उद्योगको उत्पादन कम भइरहेको समयमा कच्चा पदर्थाको मूल्य वृद्धिले थप २० देखि २५ प्रतिशत उत्पादन कम भएको उनले जानकारी दिए।