उधोग क्षेत्रमा ३७ प्रतिशतले विदेशी लगानी रकम बढेको छ। २०७८।०७९ चालु आर्थीक वर्षको दुई महिनाको समयमा उधोग क्षेत्रमा विदेशी लगानी मार्फत १२ अर्ब माथी लगानीको प्रस्ताव आएको छ। उधोग विभागका अनुसार विदेशी लगानीकर्ताहरुले उक्त लगानी ७२ वटा उधोगहरुको स्थापना गर्नको लागी प्रस्ताव गरेका हुन्।
गत आर्थीक वर्ष २०७७।०७८ को दुई महिनाको समयमा उधोग क्षेत्रमा आएको विदेशी लगानी भन्दा ३७ प्रतिशतले बढि रहेको छ। यही समयमा उधोग क्षेत्रमा विदेशी लगानीमार्फत सात अर्ब भन्दा माथी लगानिआएको थियो। विभागले विभिन्न विधामा गरेर ६ प्रकारको उधोगहरु कृषि तथा वनजन्य, ऊर्जा, सुचना तथा प्रविधि, उत्पादन, सेवा र पर्यटन गरी दर्ता गर्ने भएको छ।
उक्त समय अवधिमा बिदेशी लगानीले सबैभन्दा धेरै पर्यटन उधोगमा गर्ने छ भने सबै भन्दा कम लगानी ऊर्जा उधोगमा गर्ने छ। उक्त लगानीको प्रस्ताव विदेशी लगानीकर्ताहरुले ३० वटा पर्यटनमुलक, २० वटा सेवामुलक, १५ वटा उत्पादनपुलक, चारवटा कृषि तथा वनजन्य, दुईवटा सुचना तथा प्रविधिजन्य र एउटा ऊर्जाजन्य उधोग स्थापनाका लागी प्रस्ताव गरेका हुन्। विभागका अनुसार ती उधोगको स्थापना सँगै उनिहरुले ९ सय भन्दा बढी जनतालाई रोजगारी दिने प्रस्ताव गरेका छन्।
सोही समयको दुई महिनाको अवधिमा पर्यटन उधोगमा ५ अर्ब भन्दा बढी र सेवा उधोगमा दुई अर्व भन्दा बढी लगानीको प्रस्ताव आएको थियो। उक्त लगानी प्रस्ताव ३४ वटा पर्यटन १४ वटा सेवा उधोग स्थापना सँगै दुई सय भन्दा माथी जनतालाई रोजगारी दीने विभागले जनाएको छ।
गत वर्ष कोरोनाले गर्दा भएको लकडाउनले बजार, उधोग, व्यापार, जस्ता क्षेत्रहरु बन्द भएको कारणले विदेशी लगानीकर्ताहरु नेपाल आउन सक्ने वातावरण थिएन जसले गर्दा लगानी प्रस्तावमा असर पारेको थीयो। विदेशी लगानीकर्ताहरुले नेपालमा रहेका आफ्ना एजेन्टहरुमार्फत लगानीको काम अगााडी बढाइरहेको कारणले गर्दा प्रत्यक्ष रुपमा नेपाल नआएको बताए।