चरीकोट। भुकम्पले पुर्ण रुपमा क्षतीग्रस्त बनाएका दोलखाका लगभग तिन दर्जन स्वास्थ्य चौंकी भवनहरु सम्पन्न भइसकेका छन्। दुइ वर्ष अगााडी स्वास्थ्य चौकी भवन बन्ने नीती बन्दा ढीलो भएतापनि यस अवधिमा सात वटा सम्पन्न भइसकेका छन भने २३ वटा निर्माण भइरहेका छन्। जिल्ला आयोजना एकाई भवन तथा आवास दोलखाका इन्जिनियरका अनुसार तीनवटा प्रक्रियामा रहेको छ।
सरकारको एक करोड भन्दा माथिको लगानीमा मालु स्वास्थ्य चौकी भवन र ९ करोड भन्दा माथिको लगानीमा हावा, च्यामा, फस्कु, सुस्पा, चङखु र खारेमा स्वास्थ्य चौकी भवन निर्माण भएको हो।
मकैबारी र सैलुङमा पाँच करोड भन्दा माथी, पवटी, ओराङ, र गौरीशङ्करमा दुइ करोड भन्दा माथी लगानीमा यी भवनहरु निर्माण भइरहेका इन्जिनियरले बताउनुभयो। पहिलो चरणमा भारतीय दुतावासको १७ करोड भन्दा बढी लगानीमा झुले, श्यामा, लगाएतका स्थानमा स्वास्थ्य चौकी भवनहरु निर्माण भइरहेका छन्।
दोस्रो चरणमा भारतिय दुतावासको २४ करोड भन्दा बढी लगानीमा बोच, लाँकुरीडाँडा, बिगु लगाएतका स्थानमा भवन निर्माण भइरहेका छन्। उहाँको जानकारी अनुसार काटाकुटी स्वास्थ्य चौकी भवन निर्माणमा थप एक करोड भन्दा माथीको लगानी भएको हो।