काठमाडौं। भोजपुरमा निर्माण भइरहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको २४०० मिटर लामो सुरुङ खन्ने काम पूरा भएको छ ।
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको ४५ प्रतिशत लगानी रहेको तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालिले निर्माण गरिरहेको जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ ।
आयोजनाको, बाँध, सुरुङ, विद्युतगृह, हाइड्रो मेकानिल, इलेक्ट्रो मेकानिल उपकरण जडान लगायत सबै क्षेत्रका काम एकसाथ भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलको काम भइरहेको छ ।
आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिग्राउने ट्याङ्की, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युतगृह, स्वीचयार्ड आदीको काम अनिल मल्ट्बिगाले थापबिएनटी जेभीले गरिरहेको छ । यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको लागि अन्तराष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वक्स् (सिडब्लुटीडब्लु) ले गरिरहेको छ ।
आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० भित्र उत्पादन सुरु गर्ने तालिका छ ।