काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभा आगामी चैतमा हुँदैछ। महासंघले बिहीबार एक सूचना जारी गर्दै साधारण सभा चैत १६ र १७ गते हेटौैंडामा हुने जानकारी दिएको हो।
निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजकत्वमा साधारण सभा हुने भएको छ। महासंघले साधारण सभाका लागिप्रतिनिधिहरूको नामावली महासंघको विधानले तोकिए बमोजिम चैत ९ गते कार्यालय समयभित्र सम्बन्धित प्रदेश महासंघको सिफारिस सहित अनिवार्य रूपले महासंघ सचिवालयमा पुग्ने गरी पठाइसक्न अनुरोध समेत गरेको छ।
महासंघले साधारण सभा प्रतिनिधिका लागि निम्नानुसारको योग्यता भएका प्रतिनिधि पठाउन आग्रह गरेको छ:
–निर्माण व्यवसाय इजाजत पत्र प्राप्त गरेको दश वर्ष पूरा भएको, महासंघ वा महासंघ अन्तर्गतका सदस्य संघहरूको सदस्यता लिएको कम्तीमा दश आर्थिक वर्ष पूरा भएको फर्मरकम्पनीमा अविच्छिन्नं पाँच वर्ष पूरा गरेको प्राकृतिक व्यक्तिलाई मात्र साधारण सभा प्रतिनिधि चयन गरी पठाउनुपर्नेछ ।
–नेपाल सरकारले तोकेको पिछडिएको क्षेत्रवाट प्रतिनिधित्व गर्ने महासंघरसाधारण सभा प्रतिनिधिहरूको हकमा निर्माण व्यवसाय ईजाजत पत्र प्राप्त गरेको पाँच वर्ष पूरा भएको, महासंघ वा महासंघ अन्तर्गतका सदस्य संघहरूको सदस्यता लिएको कम्तीमा पाँच आर्थिक वर्ष पूरा भएको फर्मरकम्पनीमा अविच्छिन्न पाँच वर्ष पूरा गरेको प्राकृतिक व्यक्तिलाई मात्र साधारण सभा प्रतिनिधि चयन गरी पठाउनुपर्नेछ ।
त्यसैगरी महासंघले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अद्यावधिक नवीकरण सहितको दर्ता प्रमाणपत्र, सम्वन्धित प्रदेश निर्माण व्यवसायी महासंघको सदस्यता नवीकरण भएको प्रमाण र प्रतिनिधि सिफारिस पत्र, साधारण सभा प्रतिनिधि चयन गरेको कार्यसमितिको निर्णयको प्रमाणित प्रतिलिपि, साधारण सभा प्रतिनिधि आवद्ध रहेको फर्मरकम्पनीको एब्ल्रख्ब्त् र इजाजत पत्रको अद्यावधिक प्रतिलिपि सहित महासंघबाट तोकिए बमोजिमको फाराम भरी पठाउनुपर्ने उल्लेख गरेको छ।