काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालयले बुधबारसम्म माग गरेको आवेदनमा १९ जनाले आवेदन दिएका हुन्।
आवेदन दिनेमा बीमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईंदेखि राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टसम्म छन् । त्यस्तै बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा।नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्षका लागि आवेदन दिएका छन् ।
अन्य प्रतस्पर्धीहरुमा सन्तोषनारायण श्रेष्ठ, निरज गिरी, डा। केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा। रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की छन् ।
यसअघि गठित सिफारिस समितिले आवेदन दिएकाहरुमध्येबाटै अब कम्तीमा ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमध्येबाटै एक जनालाई मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।