काठमाण्डौं। शुक्रराज ट्रपिकाल तथा सरुवा रोग अस्पताल टेकुमा सरकारले तीन सय शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने भएको छ। अघिल्लो सरकारले महामारीजन्य रोगको प्रकोप फैलीदै गएको र अहिले अस्पताल भएको ठाउँ सानो भएपछि ठुँलो र फराकीलो स्थानमा जग्गा खोजेर केन्द्रीय सरुवा रोग अस्पताल तीन सय शय्याको निर्माण गर्ने निर्णय गरेको थियो।
टेकु अस्पतालको जग्गाभित्र नापी विभागबाट प्राप्त नक्सामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य सेवा विभाग रहेको पाईएपछि उक्त स्थानको व्यवस्थापन गरी अस्पताल निर्माण गर्न लागिएको हो। अस्पताल निर्माण गर्न सरकारले उपत्यकाका विभिन्न ठाउँमा जग्गा हेरके भएतापनि टेकु अस्पतालको आफ्नै धेरै जग्गा भएको कारण सोही स्थानमा नयाँ भवनको निर्माण गर्न लागीएको हो। शुक्रराज अस्पतालकै जग्गामा तिन सय शय्याको सरुवा रोग अस्पताल निर्माण गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रले जानकारी दिनुभयो।
तीन सय शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल सरकारले २०७७।७८ को वार्षीक कार्यक्रममार्फत निर्माण गर्ने निर्णय गरेको भएतापनि जग्गाको खोजीमै एक वर्ष बित्यो। परिसरको स्थलगत अध्ययन गरेर अस्पताल विस्तार गर्न चाहिने भन्दा बढी जग्गा रहेको निष्कर्ष स्वास्थ्य राज्यमन्त्रीले निकालेपछि सरुवा रोग अस्पताल निर्माण गर्ने रोडनक्सा तयार भएको छ।
तीन सया शय्याको अस्पताल टेकुमै निर्माण गर्ने र सोही जग्गामा हेल्थ प्लाजा, एनपिएचएल र शुक्रराज अस्पताल निर्माण गर्ने अस्पतालका सुचना अधिकारीले बताउनु भयो। स्वास्थ्य मन्त्रालयका अनुसार आठवर्षे योजना बनाएर तिन चरणमा काम सक्ने योजनासहित अहिले काम अगाडी बढेको छ।
शुक्रराज अस्पतालको नाममा ७० रोपनी एक आना जग्गा भएको भएतापनि हाल १६ रोपनी दुई आना जग्गामा मात्र हालको अस्पताल सञ्चालनमा रहेको प्राप्त विवरणमा पाइन्छ। तीन सय शय्याको अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य संस्था स्थापना, सञ्चालनमा तथा स्तरोन्नती मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार कम्तीमा ३२ दशमलव ४८ रोपनी जग्गा आवश्यक पर्दछ।
निर्माणस्थल बस्तीको मध्य भागमा वा बजार केन्द्रमा अवस्थित रही बाटोमा समेत जोडिएको भए कम क्षेत्रफलमा २० प्रतिशत कम भएपनि सोही जग्गालाई छनौटको लागी प्राथामिकता दिन सकिने प्रावधान स्वास्थ्य भवन पुर्वाधारको डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३ को व्यवस्थामा रहेको छ। यसै कारणले गदौ अस्पताल बनाउन २६ रोपनी जग्गा भए पुग्ने भएतापनि शुक्रराज अस्पतालको नाममा ७० रोपनी भन्दा बढी जग्गा भएकोले तिन सय शय्याको अस्पताल निर्माण गर्न प्रशस्त जग्गा रहेको निष्कर्ष स्वास्थ्य मन्त्रालयले निकालेको हो।
प्रतिवेदनमा उल्लेख भए अनुसार अहिले सञ्चालनमा रहेको जग्गामा थप दश रोपनी जग्गा आर्थिक प्रशासन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भवनहरु उत्तर दिशामा सञ्चालीत रहेको स्वास्थ्य सेवा विभागको प्रस्तावमा हेल्थ प्लाजा भवनको निर्माण पश्चात पश्चिम दिशामा सञ्चालीत स्वास्थ्य सेवा विभागको महानिर्देशकको कार्यालय भएको भवन प्रयोग गरी पुर्याउन सकिने छ।