काठमाडौं। बुधबारबाट सुरु भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन आज (बिहीबार) हुने भएको छ । हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन आज राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको हो।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा बिहीबार विद्युतीय सवारी र्यालीको आयोजना गरी सुरु भएको एक्स्पोको बिहीबार औपचारिक उद्घाटन हुने भएको हो।
इपानले बुधबार एक्स्पो स्थल भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन आज राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका हुन्।
एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरूको बुकिङ भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना भएको एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ ।
इपानका अनुसार एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरू, मित्र राष्ट्ररू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी सहभागी हुने भएका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरूको सहभागिता निश्चित भइसकेको छ ।
एक्स्पोको सुरुवातको अवसरमा बुधबार बिहान काठमाडौँको कमलादीबाट करिब २० किलोमिटरको विद्युतीय सवारी र्यालीको आयोजना गरिएको छ ।