काठमाडौं। वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा खानी र खनिजजन्य क्षेत्रका १३ परियोजना प्रस्तुत गरिने भएको छ। लगानी सम्मेलनमा प्रस्तुत हुने १५१ परियोजनामध्ये खानी र खनिजजन्य क्षेत्रका १३ परियोजना प्रस्तुत गरिने भएको हो।
खानी र खनिजजन्य क्षेत्रका परियोजनामा चुनढुङ्गा उत्खनन परियोजना, सब्दु, सितगङ्गा नगरपालिका, अर्घाखाँची जिल्ला, डोलोमाइट उत्खनन, बोजे, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, चुनढुङ्गा उत्खनन, धुनीबेसी घादिङ, ग्रेनाइट उत्खनन, काफलडाँडा, रोशी गाउँपालिका, काभ्रेपलाञ्चोक, फलाम र तामा खानी उत्खनन् रहेका छन्।
त्यसैगरी झुन्लाबाङ, भुमे गाउँपालिका रुकुम, चुनढुङ्गा उत्खनन, जैतपानी र खामीलेख, कुपिण्डे नगरपालिका, सल्यान, म्याग्नेसाइट उत्खनन, त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका, उदयपुर, सुनखानी, ढोकाढुङ्गा–फुलिवन, सुनछहारी गाउँपालिका, रोल्पा, फस्फोराइट, ढिकगड, दोगडाकेदार गाउँपालिका, बैतडी, फस्फोराइट, सङ्गाउँ, पुर्चौडी नगरपालिका बैतडी, पेट्रोलियम अन्वेषण, ब्लक नम्बर–५, चितवन, पेट्रोलियम अन्वेषण, ब्लक नम्बर–४ लुम्बिनी र धौवादी फलाम खानी परियोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गरिने छ।