काठमाडौं। महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो साढे चार बर्षको उपलब्धी सार्वजनिक गर्दै खाल्डाखुल्डीरहित काठमाडौं बनाएको दाबी गरेका छन्।
आज एक कार्यक्रममा उनले भित्री शहरमा समेत खाल्डाखुल्डीरहित बनाएको दाबी गरेका हुन्। थापाथली एरियामा अलिकति समस्या हो, पाँच करोड रुपैयाँ टेण्डर निकालेर काम अघि बढाएको बताए।
उनका अनुसार काम सुरु गर्न लाग्दा ढल हाल्न सुरु गरिएको, विद्युत प्राधिकरणले अण्डरग्राउण्ड केबलिङको काम सुरु गरेको कारण ढिला भएको उनको भनाई छ। त्यस्तै निर्माण कम्पनीको क्षमता नहुँदा समेत काममा ढिलाइ भएको जानकारी दिए।
सडक र पेटीमा निर्माण सामाग्री राख्ने गरेका कारण ट्राफिक जाम बढेको उनको भनाइ छ। टुँडिखेलमा वीर अस्पताल, दरबार हाइस्कुल लगायतको पुननिर्माण गर्दा निर्माण सामाग्री राख्न दियौं। अहिले धरहराको निर्माण सामाग्री राख्न दिइएको छ, उनले भने, जामको समस्या हुने भनेर राख्न दिएको कतिपयले टुँडिखेल बेचेर खायो भन्ने आरोप पनि लगाए।
उनले यो अवधिमा १९६.१ किलोमिटर सडक कालोपत्रे, १४.६८ किलोमिटर सडक ढलान,१०.७९ ब्लक छाप्ने,४.८९ किमी ढुङगा छाप्ने,२२६.४ किमी सडक मर्मत,१८.३४ किलोमिटर ढल निर्माण गरिएको उल्लेख गरेका छन्।