काठमाडौं। नेपाल टेलिकमको चालु आवको तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त) सम्मको कुल आय रु.३१ अर्व २० करोड ४८ लाख ५८ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधि (२०७९ चैत्र मसान्त) को कूल आय रु. ३३ अर्ब २० करोड ८५ लाख ६५ हजारको तुलनामा रु.२ अर्ब ३७ लाख ७ हजार (अर्थात् ६.०३ प्रतिशत) ले कम हो ।
चालु आवको तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त) सम्मको कुल सञ्चालन आय रु.२५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधि (२०७९ चैत्र मसान्त) को कुल सञ्चालन आय रु. २७ अर्व ३४ करोड ६६ लाख ४७ हजारको तुलनामा रु. १अर्ब ८६ करोड ५३ लाख ५८ हजार (अर्थात्, ६.८२ प्रतिशत) ले कमी छ ।
चालु आवको तेस्रो त्रैमासिक अवधि (२०८० चैत्र मसान्त) सम्मको खुद मुनाफा रु. ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधि (२०७९ चैत्र मसान्त) को खुद मुनाफा रु.५ अर्ब ४१ करोड १९ लाख ७४ हजारको तुलनामा रु.१८ करोड १७ लाख ९३ हजार (अर्थात्, ३.३६ प्रतिशत) ले बढी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४१.४४ रहेको छ ।
गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा चालु आव सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्न अनुसार रहेको छ । सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु.९४ करोड ४९ लाख २९ हजारले कमी भएको छ ।
राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ ।
सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दरमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको छ । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ५० करोड ७४ लाखले कमी भएको छ ।