काठमाडौं। भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न साढे ६३ अर्ब भन्दा बढी लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक मूल्यांकन अनुसार विभिन्न समयमा गएका ३ वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि ६३ अर्ब ५८ करोड लाग्ने अनुमान गरिएको हो।
प्राधिकरणको मूल्याङ्कनमा भूकम्पबाट झण्डै ५८ अर्ब रुपैयाँको क्षति भएको छ। २०७९ कात्तिक २२ मा डोटीमा ६.६ रेक्टरको भूकम्प जाँदा ६ जनाको मृत्यु र ८ जना घाइते भएका थिए।
२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पमा परेर १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए।
२०८० असोज १६ गते बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प जाँदा एक जनाको मृत्यु र ३० जना घाइते भएका थिए।
ती तीनै वटा भूकम्पबाट ९५ हजार ७८७ घर क्षति भएको विवरण छ। ती घरमा कुल ४३ अर्ब ३९ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। त्यसबाहेक दुई सय चार वटा विद्यालय भवन, ७० सरकारी र सार्वजनिक भवन, ११ वटा साँस्कृतिक सम्पदा, झण्डै दुई सय किलोमिटर सडक र एक सय २१ वटा सिंचाई आयोजनामा क्षति पुगेको थियो। सबैभन्दा बढी मानवीय र भौतिक क्षति जाजरकोट भूकम्पले गराएको थियो। उक्त भुकम्पमा मात्रै ८६ हजार बढी घर क्षति भएको छ ।
२०८० असोज १६ गते बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प जाँदा एक जनाको मृत्यु र ३० जना घाइते भएका थिए। त्यसअघि २०७९ कात्तिक २२ मा डोटीमा ६.६ रेक्टरको भूकम्प जाँदा ६ जनाको मृत्यु र ८ जना घाइते भएका थिए ।
ती तीनै वटा भूकम्पबाट ९५ हजार ७८७ घर क्षति भएको विवरण छ। ती घरमा कुल ४३ अर्ब ३९ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। त्यसबाहेक दुई सय चार वटा विद्यालय भवन, ७० सरकारी र सार्वजनिक भवन, ११ वटा साँस्कृतिक सम्पदा, झण्डै दुई सय किलोमिटर सडक र एक सय २१ वटा सिंचाई आयोजनामा क्षति पुगेको थियो। सबैभन्दा बढी मानवीय र भौतिक क्षति जाजरकोट भूकम्पले गराएको थियो। उक्त भुकम्पमा मात्रै ८६ हजार बढी घर क्षति भएको छ।
प्राधिकरणले गरेको प्रारम्भिक मूल्याङ्कनमा निजी आवास, सरकारी भवन, स्वास्थ्य, शिक्षा र तथा साँस्कृतिक भवनको पुनःनिर्माणका लागि ५२ अर्ब ४६ करोड, अन्य पूर्वाधार क्षेत्र पुनःनिर्माणका लागि ७ अर्ब १८ करोड, उत्पादनशिल क्षेत्रका लागि एक अर्ब ७३ करोड रुपैयाँ र अन्य गरेर कुल ६३ अर्ब ५८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।