ओखलढुंगा। सिद्धिचरण राजमार्गअन्तर्गत जिल्लाको हर्कपुरदेखि ओखलढुंगा सम्मको सडक खण्ड सञ्चालनमा आएको दुइ वर्ष वितिसकेको छ। सडकमा पर्ने जग्गाको लागत सडक विभागले कट्टा नगर्दा अझै पनि सर्वसाधारणले तिरो तिर्दै आएका छन्।
सिद्धिचरण राजमार्गको नक्सा नापी विभागको ब्लुप्रिन्टमा समेत छैन, सडकसहितको जग्गा अहिले पनि जग्गाधनिपुर्जामा सर्वसाधारणकै नाममा रहेको छ। यसले गर्दा सडक विभाग र स्थानीय तहले मुख्य सडकको दायाँबायाँ १५ मिटर जग्गा छाड्नु पर्ने नियमलाई कार्यान्वयन गर्न सकेका छैनन्। सडकसँगै विभिन्न घर टहरा स्थायी र अस्थायी प्रकारका संरचना अव्यवस्थित तरिकाले निर्माण भएका छन्, जसले गर्दा सदरमुकामको मिलनचोकदेखी रमाइलोडाँडाको बस्ती अस्तव्यस्त बनदै गएको छ।
राजमार्गका रुपमा रहेको मुख्य डकको मर्मत सम्भारको काम सडक विभागले गर्ने भएका कारण सडकको क्षेत्रमा पर्ने स्थानीय स्तरका तहले पनि नियम लागु गराउन सकेका छैनन्। सडक विभागले नै सडकको दायाँबायाँ जग्गा खाली गर्नकोलागी परिपत्र गर्नुपर्यो, हैनभने जनताले तिरो तिरीरहेको जग्गाको मुआब्जा बिना खाली गरेर हटाउन नमिल्ने सिद्धिचरण नगरपालीकाका प्रमुखले जानकारी दिनुभयो।
हर्कपु सडक डिभिजन कार्यालयले उक्त काम सडक डिभिजन कार्यालयको मात्र नभएर स्थानीय तहलेपनि समन्वयन गर्नुपर्ने जनाएको छ। यो समस्या यही स्थानको मात्र नभएर देशभरीको समस्या रहेको कार्यालयको भनाई रहेको छ। सडक डिभिजन प्रमुखका अनुसार सडक ऐनको नितिगत व्यवस्था अनुसार स्थानीय तह आफैले उक्त नियम लागु गर्न सकिने भएकोले यसमा सडक विभागमात्र जिम्मेवारी रहेको छैन।
सडक ऐनमा भएको व्यवस्था अनुसार राष्ट्रिय राजमार्गको हकमा मुख्य सडकको बीचभाग देखी दायाँबायाँ २५ मिटर सहायक राजमार्गमा १५ मिटर र सहरी राजमार्गमा १० मिटर जग्गा अनिवार्य रुपमा छोड्नुपर्ने छ। सिद्धिचरण नगरपालीकाका स्थानीयका अनुसार ऐन आउनु भन्दा पहिले र सडक खनिनु भन्दा अघी र पछि निर्माण भएका सर्वसाधारणहरुको घर र टहराहरुको मुआब्जा नदिई हटाउन सकिने छैन। स्थानीयका अनुसार सडकले लिने जग्गाको लागत काटेर, उक्त जग्गा सडककै नाममा पास भइसकेपछि राज्यले दिने नियमअनुसारको मुआब्जा पाएमा हामी मापदण्डअनुसार सडक छोड्न तयार छौँ। तर, राज्यचाही जवाफदेही नहुने र सर्वसाधारणले मात्रै राज्यले बनाएको नियम पालना गर्नुपर्ने भएको कारणले गर्दा सर्वसाधारणमा समस्या आएको हो।
उक्त सडकखण्डमा दैनीक एक सयदेखी दुई सयसम्मको संख्यामा सानाठुला दुबै प्रकारका सवारीसाधनहरु आवतजावत गर्ने गर्छन्। सडकको नजीकै टहराहरुको निर्माणले गर्दा सञ्चालनमा रहेको ६ मिटर सडक अझै साँघुरो भएको छ। दैनिक रुपमा आउजाउ गर्ने सवारीसाधनको संख्या बढेकोले दुर्घटनाको जोखीम बढ्दै गएको छ।