सुनसरी। दुई दशक अगाडीदेखिको धरानको सुन्दरबस्तीमा स्मार्ट बसपार्क बनाउने योजनाले अहिले आएर मुर्तरुप पाएको छ। टेन्डर आह्वान पश्चात ठेक्का लागेर काम सुरुवात पनि भइसकेको छ। ठेकेदार कम्पनीले सडक तथा ढल निमार्ण साथै टर्मिनल भवन सहितको बसपार्क निर्माणको लागी २५ करोड लागतमा पहिलो फेजको काम सुरु गरीसकेको छ। यो आयोजन तीनकुनेको प्रवेशद्धारमा रहेको रेडियो नेपालको स्टसन नजिक पर्दछ। उक्त योजनाले धरानको गौरवलाई पनि बढाएको छ।
दुई दशक अगाडी जर्मन संस्था जीटिजेडको प्राविधिक सहयोगमा थालिएको उक्त आयोजना स्थानीय बासिन्दालाई बुझाउन नसक्दा सुरु शुरु हुन सकेको थिएन किनभने नगरपालिकले आयोजनाभित्र पर्ने १ सय ७ जनाको साढे १३ विघा जमिनमा आधुनिक वसपार्कसँगै बस्ती विकास गर्ने अवधारणा ल्याएकोमा जग्गाधनीहरुले ५० प्रतिशत भन्दा बढी जग्गा काटी नगरपालिकाको जग्गा आफ्नो नाममा राखेको भनि गुनासो गरेपछि विवाद परेको थियो। पछिल्लो समयमा जग्गाधनीसँगको धेरैपटकको वार्तालाप पश्चात वसपार्क निर्माणले गति पाएको हो।
उक्त वसपार्क निर्माणको लागि ३० कट्ठा जग्गा छुट्याइएको छ साथै सेल्स प्लटमा ५ कट्ठा छुट्याइएको छ। निर्माणधीन वसपार्कभित्र बेसमेन्टसँगको पार्किङ स्थल, सडक प्रवेशद्धार, टिकट काउन्टर, प्रतीक्षालय, शौचालय, एटीएम, होटल, लज रेस्टुरा पनि बन्ने भएको छ। वसपार्क प्रवेशद्धारसँगै ढल निर्माण कार्य पनि अगाडी बढाएको छ। आयोजनाको भाग कटाएर बाँकी रहेको जग्गाको धनीपुर्जा हालसम्म ७० जनालाई उपलब्ध गराईसकेको र बाँकी जग्गाधनीले आफ्नो स्वामित्वमा पर्ने जग्गाको धनिपुर्जा लिन आइरहेका आयोजना प्रमुखले जनाएका छन्।
प्रदेश सरकारले गत वर्ष वसपार्कसहितको बस्ती विकासको लागि डीपीआर तयार गर्न १ करोड छुट्याएको थियो तर डीपीआर तयारको लागी ७५ करोड करोड लाग्ने भएको कारण त्यसलाई आयस्रोतले नभ्याउने भएको कारणले रद्ध गरेको थियो। त्यस्तै परामर्शदाताले निकालेको ४३ करोडको इस्टिमेट पनि धेरै भएपछि २५ करोडमा स्मार्ट वसपार्क निर्माण हुने गरी ठेक्का आह्वान गरेको थियो।
निमार्णको लागि लाग्ने लगानीमा ५० प्रतिशत संघिय सरकारले बेहोर्ने छ भने बाँकी ५० प्रतिशत उपमहानगरले ब्यहोर्ने छ। ३७ वटा बस पार्क हुनेगरी बसपार्कका डिजाइनमा गरीएको छ। त्यस्तैगरी यात्रु लिएर आउने जाने २४ कार जिप, ७२ वटा दुईपाङ्ग्रे र ८२ वटा अटो पनि अटाउने क्षमताको पार्किङ स्थल निर्माण गरीनेछ। त्यस्तै भविश्यमा इलेक्टिक सवारी साधन पनि आउन सक्ने आकलन गरी चार्जिङ स्टेशन पनि निर्माण गरीनेछ।