काठमाडौं। प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गलाई ‘भरतपुर भम्रण वर्ष २०२४’मा सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टले विशेष छुट दिने भएको छ।
छुट्टाछुट्टै समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा सम्झौतामा हस्ताक्षर गरियो।
सम्झौताअनुसार प्रभु बैंक लिका कर्मचारी तथा ग्राहकवर्गले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
प्रभु बैंक लिका ग्राहक तथा कर्मचारीका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ।
होटल आइकावा इन (चारतारे), सपना भिलेज लज, सिद्धार्थ भिल्लाज वनवास, चितवन (होटल वनवास चितवन), होटल वाइल्ड लाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एन्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल (भिलाजिओ रेष्टुरेन्ट एन्ड होटल), ट्राभलर्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्जरी होटलमा उक्त छुट दिइनेछ।