काठमाडौं। सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ । आयोजनाको मुख्य सुरुङको सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ अहिलेसम्म १६६ मिटर खनिएको छ । आयोजनाका अनुसार कुल १ हजार १२६ मिटरमध्ये हालसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको हो ।
उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ । सुरुङको भौतिक प्रगति भने १२.६३ प्रतिशत पुगेको छ । अयोजनाका अनुसार वाइपास–१को १ सय ५१ मिटर मध्ये ३८.१ मिटर,वाइपास–२ को १६१ मध्ये ३५.३ मिटर र वाइपास ३ को १३० मिटर मध्ये ३४.१ मिटर सुरुङको उत्खनन् गर्ने काम पूरा भएको छ । आयोजनाको वित्तीय प्रगति भने १७.५ प्रतिशत छ ।
२०८० पुससम्म १०।२ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाको साढे ५ महिनापछि पनि भौतिक प्रगति १२.६३ प्रतिशत मात्र छ । आयोजनाको समग्र भौतिक प्रगति सुस्त देखिएको भए पनि मुख्य सुरुङ तथा अन्य वाईपासको काम तीव्र गतिमा भइरहेको आयोजना प्रमुख रामपुकार जसवालले बताए ।
उनले भने,‘आयोजनाको काम तीव्र गति मै भइरहेको छ । ब्लकमा निर्माण कार्य गरेकाले भौतिक प्रगति कम दिएको हो । चाडैं वृद्धि हुन्छ । २ लेनको १ हजार १२६ मिटरको सुरुङमार्गमा ३ ओटा आकस्मिक सुरुङमार्ग निर्माण हुनेछ । १ मुख्य र ३ ओटा वाइपास सुरुङमार्ग निर्माण हुनेछ ।’ आयोजनाअन्र्तगत कुल २३ सय ९८ मिटर सडक निर्माण गर्नु पर्नेछ । जसमा ९०४ मिटर बुटवल तर्फ र ५५० मिटर पाल्पा तर्फ निर्माण हुनेछ ।
आयोजनाका अनुसार निर्माण कम्पनीले निर्माणका लागि आवश्यक आन्तरिक तयारी पुरा गरेर सुरुङ खन्ने काम तीव्र गरेको आयोजना प्रमुख जसवालले बताए । वाइपास सुरुङमध्ये तीन ओटोको कुल लम्बाइ ४३१ मिटर छ । जसमा पहिलो वाइपास सुरुङ १५१ मिटर, दोस्रो १६१ मिटर, तेस्रो १३० मिटर रहेको छ । ०७८ फागुन २५मा कम्पनीसँग आगामी ५ वर्षमा निर्माण समापन गर्ने गरी सम्झौता भएको थियो ।
निर्माण कम्पनी चीनको स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले २०८० पुस दोस्रो हप्ताबाट मुख्य सुरुङमार्ग खन्ने काम सुरु गरेको थियो । स्विटजरल्यान्डको स्विस डेभलपमेन्ट कर्पोरेसन ९एसडिसी०ले डिजाइनमा रिभ्यू गरेर सडक विभागमा बुझाई स्वीकृत भएसँगै सुरुङमार्ग खन्ने काम प्रारम्भ गरिएको थियो । निर्माण कम्पनी स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ड्रोइङ र डिजाइनमाथि बुझाएको थियो ।
स्विटजरल्यान्डको स्विस डेभलपमेन्ट कर्पोरेसन ९एसडिसी०ले सुरुङमार्गको प्राविधिक परामर्शको रुपमा काम गरिरहेको छ । निर्माण पुरा गरेपछि कम्पनीले ५ वर्षसम्मको मर्मत तथा सञ्चालन गर्नु पर्नेछ । आयोजना १० वर्ष प्रत्यक्ष निगरानीमा रहने छ । मूल सरुङमार्ग १ं हजार १२६ मिटर लम्बाइ रहने छ । नेपाल सरकारको लगानीमा ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले आगामी २०२७ मार्च २७ मा निर्माण पूरा गर्नु पर्ने समय सीमा तोकेको छ ।
इपिसि मोडेलमा आयोजना ठेक्का लगाइएकोले संरचनाको डिजाईन, निर्माण तथा मर्मतको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीकै हुने छ । त्यहाँमाथि भएका बहन ढुंगाहरु हटाएर फलामे जालीले थप जोखिमलाई नियन्त्रण गर्नको लागि ७८० मिटरको ‘रकसेड’ बनाउने र ८० देखि ८५ ‘डिग्रीको स्वल्प’ रहेको छ । माथिबाट पहिरो आए पनि छाता आकारको पूर्वाधार निर्माण गरिने भएको छ । पहिरोमाथिबाट झरेर सिधा खोलामा जाने गरि ‘रकसेड’ निर्माण हुने बताइएको छ ।
निर्माणहुने सुरुङ मार्गबाट इन्धनको ढुवानी गर्ने ट्रक तथा दुई पाङग्रे साधनलाई निषेध गरिने छ । सम्भौता अनुसार ९ महिना भित्र चाइना स्टेटले डिजाइन गरेर बुझाउने समय सीमा दिइएको थियो । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सुरुङमार्गको ड्रोइङ र डिजाइन सन् २०२२ को डिसेम्बर बुझाएको थियो ।
तर, आन्तरिक तयारी, डिजाइन, प्राविधिक पक्ष र डिजाइन रिभ्यूमा समय लाग्दा सुरुङ खन्ने काम करिब २ वर्षपछि मात्र सुरु भएको हो । सिद्धार्थ राजमार्गमा निर्माण हुने सुरुङमागले बुटवल र पाल्पामा दुई लेनको सडक बनाउने छ । निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भए पनि चाइना स्टेटले कम कवलमा निर्माणको जिम्मा पाएको थियो । कारोबार दैनिकबाट