सिन्धुली। सिन्धुलीमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुक्खा मौसममा जुनारका बिरुवामा सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा पोखरी निर्माण गरिएको हो ।
यी पोखरीसहित जुनारको पकेट क्षेत्रमा तीन वर्षभित्रमा १५७ वटा पोखरी निर्माण भएको परियोजनाले जनाएको छ ।
सिँचाइ पोखरी निर्माणमा खटिएका जुनार सुपर जोन कार्यक्रमका प्राविधिक दिलीप कार्कीका अनुसार यो वर्ष सुपर जोन कार्यव्रmम लागु भएको ठाउँमा ४५ वटा सिँचाइ पोखरी निर्माण भएको छ ।
जुनार सुपर जोनको ५० प्रतिशत अनुदानमा नै आव २०७८र७९ मा ६७ वटा, २०७९र८० मा ४५ वटा र चालु आवमा ४५ वटा पोखरी जुनार पकेट क्षेत्रमा निर्माण भइसकेका छन् ।
प्राविधिक कार्कीले भने, “हामीले दिने अनुदानमा किसानले कम्तीमा त्यति नै रकम थप्नुपर्ने र अझ बढी लगानी गरी झन् ठुलो पोखरी पनि बनाएका छन् ।” यो आवमा निर्माण गरेका सिँचाइ पोखरीमध्ये सुनकोशी गाउँपालिकाको वडा नं। ७ मझुवामा दुई वटा, गोलन्जोर गाउँपालिकाको वडा नं। १ मा दुई वटा, २ मा छ वटा, ३ मा चार वटा, ४ मा १९ वटा, ५ मा १० वटा र ६ मा दुई वटा रहेको जुनार सुपर जोन परियोजनाले जनाएको छ ।
जिल्लाको कमलामाई नगरपालिका–३, गोलन्जोर गाउ“पालिका–१, २, ३, ४, ५, ६, तीनपाटन गाउ“पालिका–७ र सुनकोशी गाउ“पालिका–७ परियोजनाको कार्य क्षेत्र हो । परियोजनाको कार्य क्षेत्रमा जुनार खेतीले दस हजार पाँच सय हेक्टर ढाकेको छ । स्रोत: गोरखापत्रअनलाइन