काठमाडौं। धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गरेको छ। उपमहानगरले आइतबार १५ औं नगरसभामा १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट सार्वजनिक गरेको हो।
उपप्रमुख अईन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ ।
आन्तरिक राजस्वबाट ४८ करोड ४१ लाख ३४ हजार २ सय ८०, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजस्व बाँडफाँडबाट २१ करोड ३४ लाख र प्रदेश राजस्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने महानगरकाे अनुमान छ।
उपमहानगरले स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रमलाई सम्बाेधन गर्न सशर्त अनुदान ७ करोड ६३ लाख ८४ हजार समेत गरी ८ करोड ३ लाख ८४ हजार बजेट विनियोजन गरेको छ।
त्यसैगरी उपमहानगरले शिक्षा युवा तथा खेलकुदतर्फ सशर्त अनुदान ४३ करोड ८६ लाख ९५ हजारसमेत गरी ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ।
कृषि, पशु, सहकारी र उद्योगसम्बन्धी विभिन्न कार्यक्रमा संचालन गर्न सशर्त अनुदान १ करोड १५ लाख ४४ हजारसमेत गरी १ करोड ८४ लाख ९४ हजार बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रमहरु संचालन गर्न करोड ४१ लाख बजेट विनियोजन गरिएको छ ।
सूचना तथा संचार क्षेत्रको विकासका लागि आन्तरिक स्रोतबाट २५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट १० लाख बजेट विनियोजन गरिएको छ ।
वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ विपद व्यवस्थापनको पूर्वतयारी लगायतका काम र विपद् व्यवस्थापन कोषको लागि आन्तरिक स्रोतबाट ब्यहोरिने १ करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
पर्यटनतर्फ धार्मिक, सांस्कृतिक तथा बहुजातीय विविधतायुक्त धरानलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न छनौट भएका कार्यहरुका लागि २७ लाख ५० हजार र सशर्त अनुदानसमेत गरी ९० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।