काठमाडौं। कोभिड १९ को महामारीले गर्दा विश्वभरीकै पर्यटकीय गन्तव्यमा पर्यटकको संख्यामा गिरावट आएको छ। तर, इन्डोनेसियाको बालीकै जस्तो नियति भने कुनै क्षेत्रले पनि भोग्नु परेको छैन भन्दा पनि फरक नपर्ला, इन्डोनेसियाको बाली विश्वभरीका पर्यटकले खुबै मन पराउँदै आएको अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्य स्थल हो।
सीमानाकामा भएको कडाइ र विमानस्थल बन्द हुदा लाखौ अन्तर्राष्ट्रिय पर्यटकहरुलाई स्वागत गर्दै आएको यो टापुमा यो वर्ष अहिलेसम्मको समयमा ४५ अन्तर्राष्ट्रिय पर्यटकले मात्र भ्रमण गरेका छन्। २०१९ मा करिब ६२ लाख र २०२० मा १० लाख ५ हजार अन्तर्राष्ट्रिय पर्यटकले उक्त टापुको भ्रमण गरेका थिए। यो अहिले सम्मकै न्यून विदेशी पर्यटकका संख्या हो।
बालीको केन्द्रीय तथ्यांक विभागका अनुसार २०२१ को जनावरीदेखि अक्टोबरसम्म पर्यटकको संख्या दोहोरो अंकमानै सीमित भएको छ।
बालीको अन्तर्राष्ट्रिय विपमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पुरै वर्षभरीनै बन्द भएसँगै पर्यटकहरु केवल निजी पानी जहाजबाट मात्रै आउने गरेका छन्। अक्टोबर १४ मा अन्तर्राष्ट्रिय उडानहरु खुला गरिए पनि त्याहाँ घरेलु उडान मात्रै हुदै आएका छन्। यो उडान विशेषगरी इन्डोनेसियाको राजधानी सहर जकार्ताबाट मात्रै हुने गरेको पाइन्छ।
बालीमा आउने विदेशी पर्यटकहरुले कडा कोभिड सम्बन्धित मापदण्डहरु पुरा गर्नुपर्छ। उनीहरुले ३ सय डलरको बिजनेस भिसा लिनु पर्ने, बहु किसिमको पीसीआर परीक्षण र विशेष किसिमको स्वास्थ्य बिमा खरिद गरेको हुनुपर्नेछ।
उक्त टापुमा क्वारेन्टिनको अवधि छोटो भएपनि नयाँ ओमिक्रोन भेरियन्टका कारण लम्ब्याइएको छ। तर, घरेलु पर्यटकको संख्यामा भने कुनै कमी छैन। सप्ताहन्तमा झन्डै १३,००० घरेलु पर्यटकले यो टापुको भ्रमण गरेका छन्।