काठमाडौं। निजगढ विमानस्थल निर्माण प्रकृया अघी बढ्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरीक उड्डयान मन्त्रालयले निजगढ अन्त्रर्राष्ट्रिय विमानस्थल निर्माण प्रकृया अघी बढाइने तयारी गरेको हो।
रुख कटान प्रकृयाको लागी मन्त्रालयले वन तथा वातावरण मन्त्रालयलाइ पत्रचार गरेको छ, यही विषयमा पर्यटन मन्त्री प्रेमबहादुर आले र वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवबीच अलफल समेत भएको छ।
विगतमा पनि विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरी सडक र पहँुचमार्ग निर्माणका लागी ४ हजार २ सय ३२ वटा रुख कटानको प्रस्ताव यथाशीघ्र मन्त्रिपरिषद्मा लगीदिन पर्यटन मन्त्रालयले वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको थियो। रुख कटानका लागी तोकिएको नेपाली सेना र नेपाल नागरीक उड्डयान प्राधिकरणविचको समय सकिएको छ।
उक्त विमानस्थल निर्माको पक्षमा आफु सहमत रहेको भन्दै वातारणमन्त्री यादवले प्रकृयागत हिसावले गर्नुपर्ने काम अघी बढ्ने बताए।
केपी शर्मा वली नेतृत्वको सरकारले सोही विमानस्थल निर्माणलाइ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेको थियो। ओली सरकारले उक्त विमानस्थल निर्माणका लागी ६ वटा कम्पनीलाई अयाग्य मानेर स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई छानेको थियो।
विमानस्थल निर्माणको टुङ्गो नलागी आकलनको भरमा वषौँ पुराना सालका लाखौँ रुख काट्दा वातावरणीय असर पर्न जाने भन्दै वातावरण तथा नागरिक अभियन्ताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
विगतमा वन मन्त्रालयले सर्वोच्चबाट मुद्धाको टुङ्गो नलाग्दासम्म रुख कटानको प्रस्ताव मन्त्रीपरिषद् नलैजाने अडान लिएको थियो। विमानस्थल निर्माणका लागी साना ठुला गरी साढे २४ लाख रुख काट्नुपर्ने ईआईएमा उल्लेख गरिएको छ।