कोहलपुर। कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रदीप भट्टराई निर्वाचित भएका छन्। भट्टराइ ७९५ मत प्राप्त गरी विजयी भएका हुन्।
भट्टराईकी निकटतम प्रतिद्वन्द्वी अञ्जना धितालले ६ सय ४६ मत प्राप्त गरेकी छन्।
भट्टराईले नेतृत्वको लोकतान्त्रिक व्यवसायी समूहका अधिकांश पदाधिकारी र सदस्यहरू विजयी भएका छन्। सङ्घको वरिष्ठ उपाध्यक्षमा चण्डी प्रसाद गैरे, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुवेदी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा राज कुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सह–कोषाध्यक्षमा टङ्क प्रसाद खनाल विजयी भएका छन्।
खुला सदस्यहरूमा अङ्कित सिग्देल, ढक बहादुर थारु, अमृत प्रसाद पौडेल, अशोक गौडेल, किरण कुमार विक, किरण प्रसाद श्रेष्ठ, गिरीधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, नोखराज रावत, श्रीधर घिमिरे र एशोसिएट सदस्यमा राजेन्द्र प्रसाद रिजाल विजयी भएका छन्।