काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा आज एकदेखि आठ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण एक सूचना जारी गर्दै आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने जानकारी गराएको हो।
प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्र, बूढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुनेछ।
जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।
विद्युतीय पोल स्थानान्तरणका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
बूढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडर अन्तर्गतका स्थानहरुमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
टोखा फिडर अन्तर्गतका हात्तिगौडा, बालुवा डीपो, खत्री गाउँ हुँदै विष्णुमति वारिपारी टोखा ९ वडा न स् १, २ र ३ सबै क्षेत्र०, भुतखेल, टोखा बजार, चण्डेश्वरी, पन्चेटार, झोर, साङ्ला तथा भत्केको पुलसम्मका क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।
शिवपुरी फिडर अन्तर्गत पर्ने डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार एरियामा साँझसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै महाराजगन्ज वितरण केन्द्रको बसुन्धारा फिडर अन्तर्गतका बासबारी, चक्रपथ, सामाखुशी, टोखा रोड, ग्रान्डी अस्पताल क्षेत्रमा बिहान ९ देखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।