गलेश्वर। संरक्षणको अभावमा म्याग्दीका ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन्। तीन सय वर्ष भन्दा पुराना प्राचिन र देवल सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्न थालेका हुन्।
स्थानीयका अनुसार सदरमुकाम बेनी लगाएत जील्लाका ६ वटै स्थानीय तहका प्राचिन सम्पदाहरु प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेका हुन्। बेनी बजारस्थित तिन सय वर्ष पुराना तिन वटा प्राचिन सम्पदाका बारेमा अहिलेका नयाँ पुस्ताहरु अनविज्ञ रहेको स्थानीयले बताए। कोत मन्दिर, बेनी शिवालय, बालमुक्तेश्वर महादेबको देवल तिनसय वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर भएतापनि न त उचित संरक्षण नै भएको छ न त उचित प्रचारप्रसार नै भएको छ।
पञ्चायत शैलीमा निर्माण गरिएको उक्त देवल १७५४ सालमा तत्कालीन पर्वते बलेबम मल्लले निर्माण गर्न लगाएका हुन्। शिवलिंग, नारायण, गणेश र भगवतीका मुर्तिहरु भएको उक्त मन्दिर पुराना ईटाबाट निर्माण भएको हो। स्थानीयका अनुसार बेनी बजारको सबैभन्दा पुरानो मानिएको मन्दिर बजार विस्तारसँगै घरहरु निर्माण हँदा घरहरुले सो मन्दिर छोपिन पुग्यो, बेनीको सभ्यताको रुपमा रहेको सोहि मन्दिरको बारेमा धेरैजसो व्यक्तिहरु अनविज्ञ रहेका छन्। उहाँका अनुसार उक्त मन्दिरको अगाडी लक्ष्मीनारायण मन्दिर बनिएपछि सो मन्दिरको महत्व लोप हुँदै गएको हो। सो मन्दिरमा रहेको ताम्रपत्र पनि अहिले हराएको छ।
कालीगण्डकी नदी रघारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिर पनि हाल ओझेलमा परेको छ। ०६३।६४ मा बेनी जोमसोम सडकखण्ड निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिए पछि जलेश्वर शिवालयको मन्दिर पनि अस्तित्वविहीन बनेको हो।
जील्लाका विभिन्न स्थानमा रहेका कैयौं प्राचिन सम्पदाहरु पनि मासिदै गएका छन्। मासिदै गएका प्राचिन सम्पदाहरुमा स्थानीय तहले केही पनि चासो नदेखाएको स्थानीय वासीले गुनासो गरेका छन्। भकुण्डेका स्थानीयका अनुसार प्राचिन मन्दिरमा रहेका पुरातात्विक महत्वका ऐतिहासीक वस्तुहरुको संरक्षणमा पुरातात्वीक विभागले पनि ध्यान दिनुपर्ने छ।
विभिन्न चाडपर्वको अवसर पारेर यस स्थानमा मेला लाग्ने गर्दछ। स्थानीय वासीका अनुसार यस ठाउँमा रहेका ढुङ्गेधारा र कुवा पनि मासिदै गएका छन्। बेनी नगरपालीका २ का वडाअध्यक्षका अनुसार स्थानीय सरकार सरकार गठन भईसकेपछि त्यस्ता पुरातात्विक सम्पदालाई सुचीकरण गरी संरक्षण र प्रवद्धनका लागी पहल सुरु गरिएको छ।
स्थानीयवासीका अनुसार जील्लाका पुरातात्विक ऐतिहासीक र जीवनशैलीसँग जोडीएका यस्ता सम्पदाहरुको संरक्षण र प्रवद्धन गर्न सकीएको खण्डमा स्थानीय तहको लागी बलियो आधार बन्न सक्ने देखिन्छ।