काठमाडौं। रूपन्देहीमा ७ करोड भन्दा बढी लागत खर्च गरेर निर्माण भएको प्रवेशद्वारको उद्घाटन गरिएको छ। पूर्वमन्त्री एवं रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले आइतबार उक्त प्रवेशद्धारको उद्घाटन गरेका हुन्।
उक्त पर्यटकिय गेट रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा खोला नजिक निर्माण गरिएको गरिएको छ।
प्रवेशद्वार उद्घाटन गर्दै सांसद भुसालले लुम्बिनी र रूपन्देहीको पर्यटन विकासमा यसले ठूलो सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार पर्यटक लामो समयसम्म बसेमा कारोबार बढ्ने हुनाले लुम्बिनीको आर्थिक वृद्धिमा सहयोग पुग्नेछ।
सिद्धार्थनगर नगरपालिकाका अनुसार भारतीय सिमाना हुँदै लुम्बिनी भ्रमण आउने पर्यटकहरूलाई बुद्धजन्मस्थल लुम्बिनी प्रवेश गरेको अनुभुति दिलाउने भन्दै बुद्धत्व झल्किने पर्यटकीय गेट निर्माण गरिएको हा
२०७५ साल मंसिरमा भैरहवाको प्राकृतिक निर्माण सेवासँग प्रवेशद्वार निर्माणको ठेक्का सम्झौता गरी नगरपालिकालेतीन वर्षको समयअवधीमा निर्माण सम्पन्न गरेको छ। तिन वर्षको समयअवधिमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भएको भएतापनि कोरोना महामारीका कारण पाँच महिना ढिला भएको निर्माण कम्पनीको भनाइ छ।
नेपाल र बुद्धको चिनारी झल्कने गरी तयार गरिएको प्रवेशद्वारको एडिट कन्सल्टेन्सी काठमाण्डौंले डिजाइन गरेको हो।
५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो रहेको उक्त प्रवेशद्वारमा नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूमा रहेको बुद्धको आँखासहितको चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्धमूर्ति, हर्निका, आर्च र स्पायर गजूरले सिंगारिएको छ। जसले गर्दा पर्यटक अझ आकर्षित हुनेमा आशा राखिएको छ।