काठमाण्डौं। निर्माण व्यवसायी संघ लम्जुङको अध्यक्षमा सतिस पराजुली चयन भएका छन्। निर्माण व्यवसायी संघ लम्जुङको १४ औं साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पराजुली चयन भएका हुन्।
निर्माण व्यवसायी संघ लम्जुङको नवगठित समितिको वरिष्ठ अपाध्यक्षमा सतुधन श्रेष्ठ, उपाध्यक्षमा छविन्द्र गुरुङ, सचिवमा पङकज अधिकारी, सहसचिवमा सञ्जीव पौडेल, कोषाअध्यक्षमा कृष्ण देउजा चयन भएका छन्।
यसैगरी सदस्यहरुमा विद्यादेवी श्रेष्ठ, कमल गुरुङ, महेन्द्र खनाल, राजु धिताल, दिनेश विष्ट, प्रतिक अधिकारी, नविन धिताल र राजेश अधिकारी चयन भएको निर्माण व्यवसायी संघ लम्जुङका नवनिर्वाचित कोषाअध्यक्ष कृष्ण देउजाले जानकारी दिए।
निर्माण व्यवसायी संघ लम्जुङको नवगठित समितिमा चयन भएका सम्पुर्ण पदका पदाधिकारीहरु सहमतिबाटनै चयन भएको देउजाले बताए। यस अघी अध्यक्षमा पुर्णचन्द्र पोखरेल थिए।
पराजुलीले विश्वास गरेर सबैको सहमतिमा आफुलाई अध्यक्ष जस्तो गरिमामय पद दिइएकोमा आभार व्यक्त गर्दै निर्माण व्यवसायमा वर्तमान समयमा भएका समस्याको खोजी गरी समाधानको उपाय खोज्ने बताए।
पराजुलीले सार्वजानीक खरिद नियमावली संसोधनको लागि सबै निर्माण व्यवसायी मिलेर पहल गर्ने जानकारी दिए। लो विडका व्यवसायलाई न्युन बनाउने र व्यवसायलाई व्यवसायीक तरिकाबाट अगाडी बढाउने उनको भनाइ छ।
तरलताको अभावका कारण कामहरुमा ढिलाइ भएको भन्दै निर्माणका कामहरु कसरी गुणस्तरीय र कसरी समयमै सक्ने कुरामा आफूले ध्यान दिने बताए।