काठमाडौं। ईसा पूर्व ६२३ मा बुद्धको जन्म लुम्बिनीमा भएको ईतिहास ईसा पूर्व २४९ मा सम्राट अशोकको आगमन पछि राखिएको अशोक स्तम्भले प्रमाणित गरायो।
अशोक स्तम्भका रूपमा चर्चित त्यसमा लेखिएको छ, ‘देवताका प्रिय प्रियदर्शी राजा अशोक आफ्नो राज्याभिषेकको बीस वर्षपछि शाक्यमुनि बुद्ध जन्मेको ठाउँमा आएर पूजा गरी त्यसको उपलक्ष्यमा शिलास्तम्भ खडा गर्नलगाई लुम्बिनी गाउँलाई करमुक्त गरिदिए।’
त्यस पछि बिभिन्न समयमा बिभिन्न भिक्षु तथा श्रद्धालुले लुम्बिनीको भ्रमण गरे । चौथो शताब्दीमा सेङ्ग–तसै रफा–हसइन, सातौं शताब्दीमा हसौन–तसाङ्गले भ्रमण गरेका थिए भने चौधौं शताब्दीमा राजा रिपु मल्लले लुम्बिनी भ्रमण गरेको प्रमाणहरु भेटिएको छ।
यसरी समय समयमा बिभिन्न ब्यक्तित्वले भ्रमण गरेको भए तापनि जंगलमा बिलुप्त रहेको यो स्थानमा बि.सं. १९५३ मा पाल्पाका बडाहाकिम खड्कशम्शेरको अनुमतिमा उनकै साथ अन्वेषणमा पुगेका पुरातत्ववेद एलोइस एन्टोन फुहरर नआएका भए शायद रहस्यमा नै रहन सक्थ्यो।
बि.सं. १९७६ मा केशर शम्शेरले यस स्थानको भ्रमण गर्नुका साथै यस स्थानमा रहेको जंगल फडानी गराई सुरक्षित गर्ने प्रयासको थालनी गरेका थिए।
बि.सं. २०१६ सालमा संयुक्त राष्ट्र संघका महासचिव डग हामर्सकोल्डको लुम्बिनी भ्रमण गरेका थिए भने बि.सं. २०२४ सालमा संयुक्त राष्ट्र संघका महासचिव उ थान्तको भ्रमण पछि लुम्विनी विकास परियोजनाको थालनी भयो।
२०५३ बाट विश्व सम्पदा सूचीमा सूचिकृत हुन पुग्यो। जसले गर्दा लुम्बिनी आजको अवस्थामा हेर्न पायौ।