कर्णाली। गत कात्तिक १ गते आएको भीषण बाढी र पहिरोका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य भएका छन्। बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन्।
करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिरोले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्याउँदा तीन महिनादेखि उक्त गाउँपालिकाका विभिन्न गाउँ अन्धकार भएका छन्। स्थानीयवसीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन्।
उक्त स्थानका स्थानीयले अहिले सामान्यतः मोबाइल चार्ज गर्न पाएका छैनन्। विद्युत् नहुँदा कुटानीपिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन्। तीन महिनायता अन्धकारले गर्दा पशुजस्तो जीवन जीउनुपरेको स्थानीयले गुनासो पोखे
मान्छेहरू खाना पकाउने, टिभी चलाउने, उद्योगधन्दा चलाउने सबै काम विद्युत्बाटै गर्छन् तर हामीलाई घरमा उज्यालो हुने बिजुली छैनु, हामीजस्ता गरिबका निम्ति बिजुली कसले ल्याइदिने सामान्य मोबाइल चार्ज हुन नसक्दा कालापहाड गएको छोरासँग फोन गर्न नपाएको स्थानीयले बताए।
बाढी र पहिराले गर्दा तिला–४ साँपुल्ली, रावतवाडा, नुवकोट गाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायतका क्षेत्रको विद्युत् क्षति पुर्याउनुका साथै सयौँ कित्ता जमिन कटान गरेको छ।