पोखरा। महायज्ञ लगाएरै महादेव मूर्ति निर्माण गर्न सुरु गरिएको कास्कीको पुम्दीकोट अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। तर मूर्ति निर्माणको काम भने आर्थीक अभावका कनारण सकिएको छैन।
अहिलेसम्म आधा काम मात्रै पूरा भएको मूर्तिको बाँकी काम पूरा गर्न आर्थिक अभाव भएको निर्माण समितिले जनाएको छ। अपुग रकमको जोहो गर्न आयोजकले महापुराण लगाउन तयारी सुरु गरेको छ।
८ माघदेखि शिवपुराण लगाइने कोट विकास समितिले जनाएको छ। योजनाअनुसारको काम सक्न अझै २० करोड रकम लाग्ने छ। हालसम्म २० करोडभन्दा बढीको काम भइसकेको छ। ५० प्रतिशत काम सकिएको मुर्तिको बाकी काम पुराण लगाएर सकिने भएको छ।
हालसम्म मूर्ति र डमरु निर्माण, कुण्ड, १०८ धारा, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शिवलिंग, स्वर्गद्वारी सिंढी, शौचालयसहित प्रशासकीय भवन, फूलमाला बिक्री कक्ष, कम्पाउन्ड वाल, पहुँच मार्ग निर्माण भइसकेको छ। अब सुमेरु पर्वत निर्माण, गणेश परिक्रमा, मोनोरेल निर्माणलगायत कार्यक्रम थप्ने तयारी भएको छ।
बाकी रहेको काम सम्पन्न गर्नको लागि माघ ८ देखि १८ माघसम्म शिव महापुराण आयोजना गर्न लागिएको हो।