अछाम। नेपालका चारधाममध्येको एकधाम वैद्यनाथ धामको गुरु योजना निर्माण गर्न सुरु गरिएको छ। साँफेबगर नगरपालिकाले गुरु योजना निर्माण गर्ने सुरु गरेको हो।
यसका लागि अहिले विज्ञ टोलीले प्रारम्भिक अध्ययन सुरु गरेको छ। विज्ञ टोलीले वैद्यनाथ क्षेत्रको नदीको जलाधार क्षेत्रको जलाधार विकास, सभागृह, पिरघर, वृदाश्रम, किरिया पुत्रीघर, घुम्ती सडक, पूजापाठको लागि टहरा, धर्मशाला, पर्यटकको लागि आवास, जग्गाको संरक्षण लगायतका पूर्वाधार विकासको लागि गुरु योजना तयार गर्ने भएको जनाइएको छ।
साँफेबगर नगरपालिकाकाका अनुसार वैद्यनाथ क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्नको लागि गुरुयोजना निर्माण गर्न लागिएको हो। साथै यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई चिनाउनको लागि पनी गुरुयोजना निर्माण गर्ने लागिएको बताइएको छ।
वैद्यनाथ संग्रालयको अधुरो भवन निर्माणको लागि २५ लाख रकम विनियोजित गरिएको छ। यस्तै बैठकले वैद्यनाथ क्षेत्रमा सावर्जनिक शौचालय निर्माण, झारखण्ड वैद्यनाथ पुस्तक प्रकाशन, वैद्यनाथ क्षेत्रको डकुमेन्ट निर्माण, पुष्पखेती प्रवद्र्धन र पर्यटकहरूका लागि गार्ड तालिमको आयोजना गर्ने निर्णय भएको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ।