काठमाडौं। शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा निर्माणकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।
शिवम सिमेन्ट कम्पनीले देशभरका ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रमा सम्पन्न गरेको हो।
अन्तरक्रिया सँगै कम्पनीले निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा समेत गराएको छ। उक्त अन्र्तक्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी दिइएको छ।
यसका साथै उपस्थित ३ हजार ४५ निर्माण कर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरु, व्याग, टिफिन बक्स आदिका साथै इन्सुरेन्स पोलिसी समेत हस्तान्तरण गरेको छ।
शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुको विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम संचालन गरेको हो।
।