जोरपाटी सुन्दरीजल सडकखण्डको सात किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य सुरु भएको पाँच वर्ष भईसक्दा पनि अहिले सम्म उक्त सडकको कालोपत्रेको काम पाँच प्रतिशत पनि पुरा हुन सकेको छैन। उक्त योजना काठमाण्डौं सडक विस्तार आयोजनाद्धारा बनाईने सो सडकको काम समयमै सम्पन्न नहुँदा स्थानीयवासीले दुख बेहोर्नुपरेको छ।
पाँच वर्षदेखी काम नलाग्ने गरी सडक तहसनहस भएको छ। पानी परे हिलो बढी हुने, घाम लागे धुलो बढी हुने यस्ता विभिन्न कारणले गर्दा स्थानीयको स्वास्थ्य अवस्था र दैनीक जनजीवनमा धेरै प्रभाव परेको छ। वर्षामा अत्याधिक पानीपरेको समयमा सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखीम उत्तिकै बढेको छ। पैदल हिँड्न सक्ने अवस्था नै छैन, हेर्दा लाग्छ उक्त सडक कुनै ग्रामिण क्षेत्रको हो तर सो सडक सुविधा सम्पन्न मानिने सहर काठमाण्डौं को हो, यस्तो लाजस्पद अवस्थाकोे अन्त्य हुने अझै छाँटकाँट छैन।
स्थानीयवासीका अनुसार विगतमा विविध प्राविधिक कारणले निर्माणकार्यमा ढिलाई भएपनि पछिल्लो समयमा निर्माण कम्पनी, विधुत् प्राधिकरण र स्थानीय वडा सरकारका कारणले ढिलाई भएको हो।
वडा अध्यक्षले यस स्थानको समस्याको बारेमा चासो र पहल गरेको हामीलाई अनुभुति छैन, भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन्। २२ मिटरको सडक आयोजनाले विस्तार गर्न सुरुगरेपछि स्थानीयले मुआब्जा र क्षतिपुर्तिको माग गर्दै आन्दोलन गरी सर्वोच्चमा मुद्धा हालेका थिए, तर सर्वोच्चले स्थानीयलाई क्षतीपुर्ति नदिई आयोजनाको काम रोक्न आदेश दिएको थियो।
स्थानीयका कुनै पनि भौतक संरचनाहरु नभत्काउने लगाएतका सहमतिमा गोकर्णेश्वर नगरपालीकाको समन्वयमा सडक १४ मिटर विस्तार गर्ने गरी निर्माण कम्पनिले काम सुरु गरेको भएतापनि वर्षा, निषेधाज्ञा लगाएतका विभिन्न कारणहरु देखाएर अहिलेसम्म पनि काम सम्पन्न गरेको छैन।
लगभग ६९ करोडको लागतमा बन्न लागेको सडकको आयोजना समयमै सम्पन्न नहुँदा सडक हिलाम्य भएर पैदलयात्रु तथा सवारीसाधनलाई समस्या भएको छ। नगरपालीका र सडक समितिले सहमति जनाएपनि काम आशा गरेअनुसार अघी बढ्न सकेको छैन। कतैकतै गिट्टीहरु थुपारीएका छन् भने सडक खाल्डाखुल्डीमा परिणत भएको छ।
निर्माण कम्पनिले सम्झौता गरेको समय सकिएको भएतापनि विभिन्न कारण देखाएर पटक पटक थप गरेको स्थानीयको गुनासो रहेको छ। उनिहरु भन्छन् हाल सडको हालत अस्तव्यस्त छ, पानी जथाभावी छताछुल्ल छ, ढलको उचित व्यवस्थापन छैन। यसले गर्दा स्थानीयमा प्रत्यक्ष रुपमा प्रभाव पारेको छ। यस विषयमा सम्बन्धित पक्ष संवेदनशील भएर लागी पर्नुपर्ने देखिन्छ आशिष सीएम जेभी कम्पनिका प्रतिनिधिका अनुसार विभिन्न प्रकारका लफडाका कारण एक वर्ष मात्र काम गर्न पाएको बताउदै उनिहरु भन्छन् अहिले पनि काम गर्न धेरै चुनौतीहरु रहेका छन्।
निरन्तर रुपमा काम भइरहेको कम्पनिले बताएपनि विद्युत् प्राधिकरण र दुरसञ्चारको पोलहरु हटाउन ढिला गरेपछि काममा अवरोध आएको हो। कम्पनीका एक प्रतिनीधिका अनुसार हाल वर्षातको समय भएको कारणले कालो पत्रे नगरिएको भएपनि पानि रोकिने बित्तिकै हामी कामलाई निरन्तर गर्नेछौँ।