पोखराको यातायात व्यवस्थापनमा दक्षिण कोरियाले सहयोग गर्ने भएको छ। राजदुत सुकले अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्रीसँग सोमबार भएको भेटमा सो प्रतिबद्धता गरेका हुन्।
उनले पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको उल्लेख गर्दै पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरे। कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा राजदूत सुकले सघाउन तयार रहेको बताउँदै नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको जानकारी दिए ।
नेपाली हजारौँ युवाको उत्कृष्ट गन्तव्यका रुपमा रहेको कोरीया रोजगारीको लागी र प्रविधि सिक्नको लागी राम्रो अवसरका रुपमा दक्षीण कोरीयाको रोजगारीलाई उपयोग गर्ने गरेको मुख्यमन्त्रीले बताउनुभयो।
दक्षिण कोरीया नेपालमा प्रविधिको विकास र विस्तारमा बलियो साझेदार भएको बताउँदै शिक्षा, स्वास्थ्य, ग्रामिण विकास लगाएतका विभिन्न क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपुर्ण सहयोग रहेको उहाँले उल्लेख गर्नुभयो।
कोरिया इन्टरनेशनलको अपरेसन एजेन्सी मार्फत दक्षिण कोरियाले अनुदान र प्राविधिक सहयोगमा विशेष चासो दिने गरेको तथ्य स्मरण गर्दै उनले पुर्याएको योगदान पनि उत्तिकै महत्वपुर्ण रहेको बताए।
उहाँका अनुसार कोभिड महामारीले प्रदेश सरकार थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र सामाजीक पुनर्जीवनका लागी उच्च प्राथामिकताका साथ काम गरिरहेको बताउनु भयो। स्वास्थ्य सेवा विस्तारको लागी विशेष काम गर्नुपरेको उहाँको भनाई छ।
ग्रामिण क्षेत्रको विकास र गरिबी अन्त्य तथा रोजगारीको सिर्जनामा प्रदेश सरकारको विशेष चासो रहेको बताउँदै प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडीबुटी आदिको उत्पादन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्वबजारमा पुग्नसक्ने बनाउन थप काम गर्नुपर्ने बताउनु भयो ।
भेटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए । दिगो विकास हासिल गर्न लगाएतका विषयमा अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधार गर्नका लागी लगानी गनुपर्ने मुख्यमन्त्रीले बताउनु भयो।