काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका ११ कर्जुनामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिलन्यास गरिए पनि हालसम्म निर्माण काम सुरु हुन सकेको छैन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ बिघा जग्गामा सरुवा रोग अस्पताल शिलान्यास गरिएको हो।
सरुवा रोग अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा ८ करोड बजेट प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा पठाएको थियो। तर अस्पताल निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले हस्तक्षेप गरेकाले बजेट खर्च हुन नसकेको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए।
यस्तै आधारभूत अस्पताल निर्माणका लागि मोरङको बेलबारी, लेटाङ, पथरीशनिश्चरे र रतुवामाई नगरपालिका र कानेपोखरी, केराबारी, बुढीगंगा गाउँपालिकामा बजेट आएको छ। अन्य ६ वटा पालिकामा अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भएर बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीमा मात्रै निर्माण काम सुरु भएको जनाइएको छ।
विपद्को समयमा आधारभूत स्वास्थ्य सेवा गाउँगाउँमा पुर्याउने लक्ष्यसहित सरकारले स्वास्थ्य उपकरण र जनशक्ति सहितका आधारभूत अस्पताल सबै स्थानीय तहमा बनाउने घोषणा गरेको थियो तर समयमा बन्न नसक्दा कोरोनाको तेस्रो लहर फैलिँदा पनि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउनबाट सर्वसाधारण वञ्चित भएका छन्।
यस्तै झापामा ११, मोरङ, पाँचथर, इलाम, संखुवासभा, ओखलढुंगामा ७र७, ताप्लेजुङ, भोजपुर, खोटाङमा ६र६, तेह्रथुम, सोलुखुम्बु र सुनसरीमा ५र५, धनकुटामा ४ र उदयपुरमा ३ वटा अस्पताल शिलान्यास भएको थियो।