सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाको मेलम्ची नगर अस्पताल र चौतारा साँगचोकगढी नगरपालिकाको चौतारा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु गरिएको छ। सोमबारबाट मेलम्ची अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनामा ल्याइएको हो।
चौतारा अस्पतालमा केही साताअघि नै अक्सिजन प्लान्ट जडान गरिएको थियो। नगरपालिका, संसद् विकास कोष, ह्योलमो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिको सहयोगमा नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको बताइएको छ। दैनिक ४८ सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट जडान भएको छ।
९५ लाख रुपियाँको लागतमा भवनसहित अक्सिजन प्लान्ट जडान गरिएको छ। अक्सिजन प्लान्ट जडान पछी मेलम्ची नगरबासी, हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिका, इन्द्रावती गाउँपालिका र छिमेकी काभेपलाञ्चोकका बासिन्दा लाभान्वित हुने भएका छन्। यस्तै चौतारा अस्पतालमा प्रतिघन्टा ९० लिटरभन्दा बढी अक्सिजन उत्पादन भइरहेको अस्पतालका छ।
चौतारा अस्पतालमा अक्सिजन प्लान्ट जडानपछि चौतारा बजार, पीपलडाँडा, स्याउले, कुञ्चोक, नवलपुर, जलबिरे, कुबिन्डेलगायत आसपासका बासिन्दालाई उपचारमा सहज भएको जनाइएको छ।