काठमाडौं। नेपाल आयाल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २५ पुसमा कार्यकारी निर्देशक पदका लागि आवेदन खुलाएकोमा १७ जनाको आवेदन परेको हो।
निगममा २४ पुसदेखि कार्यकारी निर्देशक पद रिक्त रहेको छ । आवेदनका लागि माघ १६ गतेसम्म समय दिइएको थियो ।
आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी, कांग्रेस निकटका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार आवेदकहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा डा लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठक रहेका छन् ।
यस्तै कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द पनि निगमको कार्यकारी बन्ने दौडमा रहनुभएको छ । भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिएको मन्त्रालयले जनाएको छ ।