म्याग्दी। वातावरणीय अध्ययन तथा भौगोलीक अवस्थितिको मुल्यांकन नगरिकन जथाभावी खािएका मोटरबाटो र निर्माण गरिएका भौतीक संरचनाका कारण म्याग्दीमा प्राकृतिक संकट बढ्दै गएको छ।
विकासका नाममा प्राविधिक परीक्षणविना नै जथाभावी खनिएका मोटरबाटोका कारणले गर्दा बर्सेनी पहिरो जाने मात्र नभइ मानवीय तथा धन, सम्पतीको क्षती हुने क्रम बढ्नुका साथै जिल्लामा गम्भिर प्राकृतिक तथा जैविक समस्या पनि देखिन थालेका छन्।
२०७२ सालको भुकम्पका कारण चिरा परेर कमजोर बनेको यहाँको भुगोलमा बर्सेनी डोजर र स्काभेटरका माध्यमबाट बन, पाखा, गाउँबस्ती जताततै मोटरबाटो निर्माण गर्ने होडबाजीले प्राकृतिक सम्पदा नास हुँदै गएपछि मानविय संकट उत्पन्न हुन थालेको छ। ग्रामिण क्षेत्रका वासिन्दाका अनुसार जिल्लामा रहेका खानेपानीका मुहानहरु सुक्दै गएका र वन तथा गाउँ बस्तिमा रहेका कुवा, धारा, ताल, पोखरी पुरीदै गएकाले मान्छे र पशु चौपायालाई खानेपानीको समस्या उत्पन्न भएको हो।
बेनी नगरपालीका २ बरफाँट, मंगेला गाउँपालीका, धवलागिरी गाउँपालीका, मराङ तथा मालीका गाउँपालीका बिमलगाएतका धेरै वटा गाउँमा रहेका पानीका स्रोत पुरीन थालेका छन्।
विगतको चार वर्ष यता यस ठाउँका आठ वटा पानीका स्रोत सुकिसकेका छन्। कुवा र पोखरी भएका स्थानमा हाल मोटरबाटो बनेका छन्। गाउँका विभिन्न भागमा खनिएका मोटर बाटोका कारणले बर्सेनी पहिरो जाने गरेको छ। विगतमा पोखरी तथा तालमा सधैँ एकनासले पानी रहने गरेका कारणले पशु चौपाया तथा बटुवाले पानी खान सहज हुन्थ्यो, हाल पोखरी पुरिदै गएकाले पशु चौपायालाई पानी खान समेत समस्या भएको छ।
जिल्लामा डोजरे विकासका कारण जैविक विविधताक स्रोतहरुसमेत नष्ट हुँदै गएको वगरफाँट सामुदायीक बन उपभोत्ता समुहले बताएको छ। विभिन्न माछाका प्रजाती, कालो र पहेँलो रङका भ्यागुता, गँगटो लगायतका जलचर प्राणीसमेत लोप हुँदै गएका छन्।