रुपन्देही। बुटवलमा नेपाल–अंग्रेज युद्ध भएको किल्ला जितगढीमा लडेका योद्धाहरुको शालिक निर्माण गरिएको छ। जीतगढीमा कर्णेल उजिरसिंहका पालाका १३ सेनाका अर्धकदका शालिक निर्माण गरिएको हो।
कर्णेल उजिरसिंहको भने यसअघि नै पूर्ण कदको सालिक निर्माण गरिएको थियो। शालिकको एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले बुधबार एक समारोहका बीच अनावरण गरेका छन् । अनावरणका क्रममा उनले जनप्रनिनिधिहरु आएपछि ओझेलमा परेको जितगढीले मुहार फेरिँदै गएको बताउँदै जितगढी किल्ला नेपालीको इतिहास र गौरव रहेकाले संरक्षण तथा प्रचार प्रसार गरिनुपर्ने बताए ।
अहिले जीतगढीमा तीन बिघा जग्गामा विभिन्न गुरुयोजना बनाएर संरक्षण, सम्बर्द्धन र विस्तारका काम भइरहेको छ । गुरुयोजना अनुसार नै १३ जना सेनाको सालिक निर्माण गरिएको हो ।
काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सूर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शूरवीर बोहरा, हवल्दार रणशूर बानियां, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियां र जुठे बस्नेतको सालिक निर्माण गरिएको बुटवल नगरपालिले जनाएको छ।