काठमाण्डौं। दरबारमार्गको शेर्पा मलमा नेपालकै पहिलो हार्ड रक क्याफे खुल्ने भएको छ। उक्त क्याफेले अमेरीकाको प्रसिद्ध मेनु, कक्टेलका साथै सांगीतिक क्षेत्रका प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रहका साथ प्रस्तुति पनि पेश गर्ने भएको हो।
शेर्पा मलको पहिलो र माथिल्लो तलामा संचालनमा आउने यस रेष्टुरेन्टले मलको भित्रि भाग साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ बाट दरबारमार्ग क्षेत्रको सुन्दर दृष्य अवलोकन गर्दै स्वादिष्ट खानेकुराको आनन्द लिन सकिनेछ।
क्याफेको मेनुमा रहने परिकारहरु मध्यको बर्गर सबैभन्दा आकर्षण हो, जसको लागी हार्ड रक प्रसिद्ध रहेको छ। उक्त बर्गरहरुमा चेद्दार चिजसँग मिसाएको राँगाको मासुसहित, क्रिप्सि अनियन रिङ, लेटस पत्ता र भाइन रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत रहेको छ, जसलाई हार्ड रकको मौलिक पहिचान मानिने स्टेक ससका साथ उपलब्ध गराइनेछ।
मेनुमा संलग्न परिकारहरु मध्ये एक आकर्षणमा बेबी ब्याक पोर्क रिब्स् पनि रहनेछ, जुन खासगरेर हार्ड रक क्याफे काठमाण्डौंको लागी डेनमार्कबाट मगाइएको हो। त्यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालीफोर्निया स्टाइलको क्लब चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद पनि रहनेछ।
यसरी विभिन्न परिकारहरुका साथमा सुविधा सम्पन्न नेपालमै पहिलो पटक निर्माण हुन गहिरहेको हार्ड रक क्याफेमा ग्राहकहरुलाई सेवाको राम्रो सुविधा हुँनेछ। जहाँ विभिन्न परिकारका साथमा आनन्द लिन आउने ग्राहाकहरुको मन जित्न क्याफे सफल हुँने आशा राखिएको छ।