रामेछाप। निर्माण व्यवसायी संघ रामेछापको अध्यक्ष पदमा बलराम श्रेष्ठ निर्वाचित भएका छन्। निर्माण व्यवसायी संघ रामेछापको आठौँ जिल्ला अधिवेशन तथा साधारण सभाबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन्।
गत २८ गते भएको अधिवेशन तथा साधारण सभाबाट निर्वाचित पदाधिकारी हरुमा वरिष्ठ अध्यक्ष कृष्ण थापा मगर, प्रथम उपाध्यक्ष राजन कुमार सुवेदी, द्धितीय उपाध्यक्ष लाल बहादुर घिसिङ, महासचिव राम कुमार पाण्डे, उपमहासचिव सुरेन्द्र बहादुर कार्की, सचिव भिमसेन लामा, सचिव विनोद बुढाथोकी, कोषाध्यक्ष उत्तम कुमार कार्की, सहकोषाध्यक्ष हरिवंश कडरिया निर्वाचित भएका छन्।
यसैगरी १० जना सदस्यहरु निर्वाचित भएका छन्। सदस्यहरुमाः सावित्रा उदास श्रेष्ठ, पूर्ण कुमारी खड्का, नेत्र बहादुर वि.क, राम कुमार श्रेष्ठ, विजय बराल, सजन श्रेष्ठ, सम्सेर थापा, कर्ण बहादुर तामाङ, लाल बहादुर थापा मगर, सिताराम कार्की निर्वाचित भएका हुन्।