असारअघि काठमाडौं उपत्यकाको सडक मेलम्चि खानेपानि आयोजनाका कारण सडक बिग्रीयो भनिए पनि सडक डिभिजन कार्यालयले उपत्यका खानेपानि लिमिटेडलाई दोष लगायो ।
असारमा बाढीलेको कारणले खानेपानि योजना नै प्रभावित भइ मुहान ग्रस्त भएपछि उपत्यकामा मेलम्चि खानेपानि आयोजनाका लागी सडक खन्नु परेको छैन ।
२०७६ फागुन ५ गते तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीले विधुतका तार भुमिगत गर्ने घोषणा गरेपछि विधुत प्राधिकरणले तारलाई भुमिगत गर्ने कार्य गरिरहेको छ । सन् २०२१ मा काम सक्ने भएतापनि कोरोनाको कारण देखाएर अझै काम कहिले सक्ने भन्ने थाहा छैन ।
विभागका अनुसार सम्झौता अनुसार काम नभएको र कार्यान्वयनमा ढिला गरेको छ ।
खनिएका सडक पुरेर मात्रै अरु सडक खन्न भनिएपनि कोरोनाको कारण देखाएर सडक समयमा पुर्न नसकेको विधुत प्राविधिकरणले जनाएको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपाली का अनुसार ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ बाट तार भुमिगत गर्ने भनि विधुत् प्राधिकरणसँग सम्झौंता गरेको थियो । उक्त प्रविधि अनुसार दुई सय मिटरको अन्तरमा सडक खाल्डो खन्नु पर्छ र खनिएका खाल्डा १० दिनमा पुरिसक्नुपर्ने भनिएता पनि प्राविधिकरणले े वास्ता नगरेको छ । हालमा तार भुमिगत गर्ने बाहेक अरु प्रयोजनका लागी सडक खनिएको छैन ।
थपिएका सडक पुरेपछि मात्र अरु अनुमति दिने विभागको तयारी रहेकोछ । धेरै ठाउँमा मर्मत नै भएकोछैन भने मर्मत भएको ठाउँमा पनि गुणस्तरिय भएको छैन बाँसबारीदेखी बुढानिलकण्ठ सम्मको सडकको अबस्था नाजुक रहेका छन् ।
कार्यालयका प्रमुख नेपालीका अनुसार प्राविधिकरणले नियम तोडेर अटेरी गरीरहेको र अब पहिला धरौटी राखेर मात्र सडक खन्न दिने तयारी भएको छ ।
काम गर्दा केही बाध्यता भएपनि आफुले गर्नुपर्ने काम गरिरहेको आयोजनाका प्रमुख अभिषेक अधिकारीले बताएका छन् ।
अधिकारीका अनुसार तार भुमिगतको काम भइरहेको र बुढानीलकण्ठ , लैनचौर क्षेत्रको काम भने सकिएको छ । सडक पुरेको हो तर पनि विभिन्न परिस्थितिले गर्दा काम नगरेको जस्तो देखियो अरु विभागहरुले काम गर्न अनुमति नदिँदा समस्या परेको छ ।
बर्सात्को समयमा खनिएका सडक पिच गर्न नसकेपनि सडक पुर्ने काम भइरहेको छ । बर्खा सकिएपछि चैतसम्ममा पिच गर्ने उद्धेश्य रहेको छ । विभिन्न कारणले काम लम्विदै गएपनि निरन्तर रुपमा काम भइरहेको अधिकारीले बताए ।
उनले भने चैत सम्ममा अनुमति मागे अनुसारको अनुमति आयो भने काम अगाडी बढाउन सकिन्छ अझै कति समय लाग्छ भनेर भन्न सकिने अबस्था छैन ।
प्राविधिकरणका अनुसार एउटा ठाँउमा थालिएको काम सम्पन्न नगरि अर्को ठाँउमा गरेकोले पनि काममा ढिलाई भएको हो ।
महाराजगन्ज क्षेत्रमा पाइपलाइनको काम २० प्रतिशत सकिएकोछ भने केबललाइन २८ प्रतिशत काम भएको छ । अधिकारीका अनुसार तार भुमिगत गर्दा करिब एक अर्व खर्च भइसकेको छ ।